नेपाल लाइफले ल्याएको ‘नौलो केटाकेटी जीवन बिमा योजना’ «

नेपाल लाइफले ल्याएको ‘नौलो केटाकेटी जीवन बिमा योजना’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बिमा ‘नौलो केटाकेटी जीवन बिमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बिमा योजना ल्याएको हो ।
यो योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाख रुपैयाँदेखि आम्दानीको आधारमा अधिकतम बिमांक छनोट गर्न सकिने कम्पनीले विज्ञप्तिमा जनाएको छ । यस सावधिक जीवन बिमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बिमितको बिमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात् वा ७ वर्ष उमेर पूरा भएपश्चात् (जुन पछि आउँछ) मात्र बिमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।
त्यसैगरी बिमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पूरा भएपछि र बिमितको उमेर १०, ११ वर्ष भएमा बिमाको वार्षिकोत्सव मितिदेखि बिमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुने कम्पनीको भनाइ छ । बिमालेख परिपक्व अवधिसम्म बिमित जीवित रहेमा बिमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ ।
बिमा जोखिम प्रारम्भपश्चात बीमितको मृत्यु भएमा तत्काल बिमांक रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बिमांक रकम र आर्जित बोनस रकम ब्याजसहित एकमुष्ठ बिमा अवधि समाप्तिमा प्रस्तावकलाई भुक्तान गरिनेछ ।
वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बिमालेखमा ३ वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । बिमालेख चालू रही बिमा अवधिभित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बिमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता मा अपाङ्ग अशक्त सुविधा उपलब्ध गराइनेछ ।
मासिक आय सुविधा लिएको अवस्थामा बिमालेख प्रारम्भ भएपश्चात बिमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बिमाङ्कको १ प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष वा बिमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउनेछ । त्यसैगरी बच्चाको जोखिम कभर सुविधा लिएका बीमितको हकमा बिमा प्रारम्भ भएको २ वर्ष पश्चात नै बच्चाको जोखिम वहन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्