बाराको बरियापुरमा कृषि विकास बैंकको अनलाइन सेवा «

बाराको बरियापुरमा कृषि विकास बैंकको अनलाइन सेवा

बारा जिल्लाको बरियापुरमा कृषि विकास बैंकमा अनलाइन बैंकिङको शुभारम्भ कार्यक्रमको आइतबार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र पूर्वसांसद शिवचन्द्र प्रसाद कुशुवाबाट संयुक्त रूपमा औपचारिक उद्घाटन गरे ।
कृषि विकास बैंक क्षेत्रीय कार्यालय, वीरगन्जका निर्देशक बाबुकाजी थापाको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक शाखा कार्यालय बरियापुरका प्रबन्धक बाबुराम देवकोटाले गरे । सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सेवाग्राही, गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, उपमेयर तारादेवी साहु कानु, ग्राहकको तर्फबाट वीरेन्द्र यादव, पूर्वसांसद शिवचन्द्र कुशुवाले उपलव्ध गराउने सेवाहरूले बरियापुरवासीहरूको मन जित्न सकोस र गरिबभन्दा गरिब किसानको जीवनस्तर उकास्नमा मद्दत पुगोस् भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्