Logo

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आइतबार अपरान्ह पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले पहिलो प्राथमिकता दिने बताए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले शपथग्रहण गरेलगत्तैै मन्त्रालयका पुगेर पदभार ग्रहण समेत गरे ।

प्रतिक्रिया दिनुहोस्