निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार : अर्थमन्त्री शर्मा «

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार : अर्थमन्त्री शर्मा


अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएक छन् ।
नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्यांकन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए । केही व्यवसायीमा काम लिने तर काम नगर्ने परिपाटी देखिएकाले त्यसलाई सुधार्न आग्रह गरे ।
मुख्य व्यवसायीले नै सम्बन्धित् काम गर्नुपर्ने र बजारमा रहेको बाँकी रकम समय मै भुक्तान गर्नुपर्ने उनको भनाइ छ । काम गर्ने वातावरण अनुकूल हुने गरी महासंघले ल्याउने प्रस्तावमा छलफल गर्न आफू तयार रहेको मन्त्र शर्माले बताए ।
महासंघले आयोजनाको म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाहरूको ६ महिना म्याद थप हुने व्यवस्था भएपनि कोरोनाका कारण सम्भव नभएकाले बाँकी रहेका काम अघि बढाउन एक वर्ष आयोजनाको म्याद थप गर्न आग्रह गरेको छ ।
बजेट वक्तव्यमा उल्लेख भए अनुसार निर्माण व्यवसायीलाई चालु पुँजी व्यवस्थापनमा सहयोग पु¥याउन धरौटी रकम ५ प्रतिशत रकम बराबरको बैंक ग्यारेण्टी राखी शतप्रतिशत धरौटी फिर्ता गर्दा राज्यलाई कुनै जोखिम नहुने र गत वर्षदेखि कोरोनाका कारण असहज अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन महासंघको आग्रह छ ।
महासंघले शुल्क जरिवाना तथा दस्तुर मिनाहा, पुर्नकर्जा, निःशुल्क बैंक ग्यारेण्टी नविकरण लगायतका विषयमा पनि महासंघले अर्थमन्त्री शर्मालाई लिखित सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्