सबै बैंकिङ् प्रणाली सुरक्षित : गभर्नर महाप्रसाद अधिकारी «

सबै बैंकिङ् प्रणाली सुरक्षित : गभर्नर महाप्रसाद अधिकारी

अपरिचित व्यक्तिबाट ईमेल र फोनमार्फत बैंकिङ् प्रणाली ह्याक गर्ने धम्कि आए पश्च्यात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र सबै बैंकहरुको प्रणालीको परिक्षण गर्दा सबै प्रणाली ठिक भएको र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सुचना अधिकारी नारायण प्रसाद पोख्रेललाई र अरु १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्कि आएको थियो। ह्याकरहरुले २४ घण्टा भित्र ह्याक गर्ने कुरा मेलमा उल्लेख गरेका छन्।
ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, नेपाल बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्