स्काईवर्थका अत्याधुनिक वासिङ मेसिन बजारमा «

स्काईवर्थका अत्याधुनिक वासिङ मेसिन बजारमा

के एल दुगड गु्रप अन्तर्गतको स्काईवर्थले नेपालमा अत्याधुनिक सुविधासहिको वासिङ मेसिन बजारमा ल्याएको छ । इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्न सेभेन स्टार प्रो वास टेक्नोलोजीमा आधारित वासिङ मेसिन सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
यो मेसिनले एक प्रिमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्ने कम्पनीले जनाएको छ । उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टी रहेको छ ।
७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रमभित्र जानका लागि मद्दत गरी लुगा धुने कार्यलाई निकै सहज बनाउने कम्पनीले जनाएको छ । यसले विभिन्न गति प्रयोग गर्ने भएकाले कपडाको जस्तोसुकै मैला हटाउनु कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्