Logo

विद्युत् उत्पादन गर्ने २९ प्रवद्र्धकलाई सरकारको सम्मान


विद्युत् विकास विभागले आफ्नो स्थापना दिवसको अवसरमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने २९ जलविद्युत् प्रवद्र्धकहरुलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा विद्युत् उत्पादन गरी प्रसारण प्रणालीमा जोड्ने प्रवद्र्धक कम्पनीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा विद्युत् प्राधिरण र यसको सहायक गरी तीन जलविद्युत् आयोजना छन् भने अन्य निजी क्षेत्रका छन् । सम्मानित सब जलविद्युत् प्रवद्र्धक कम्पनीका प्रतिनिधिलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कदरपत्र प्रदान गरेकी थिइन् ।
१४ मेगावाटको कुलेखानी तेस्रो र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ निर्माण गरेको नेपाल विद्युत् प्राधिकरण तथा ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण गरेको विद्युत् प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोसी हाइड्रो पावर हुन ।
४२ मेगावाटको मिस्ट्री खोला निर्माण गरेको माउन्टेन इनर्जी नेपाल, ८.५ मेगावाटको बुटवल सौर्य विद्युत् आयोजना निर्माण गरेको रिडी हाइड्रो पावर, १० मेगावाटको मिथिला सौर्य विद्युत् आयोजना निर्माण गरेको इको पावर डेभलपमेन्ट कम्पनीलाई पनि सम्मान गरिएको छ । यसैगरी २२.१ मेगावाटको तल्लो हेवा निर्माण गरेको माउन्टेन हाइड्रो नेपाल, ७ मेगावाटको माथिल्लो मर्दी निर्माण गरेको युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रो पावर, ९.९ मेगावाटको इवा खोला निर्माण गरेको रैराङ हाइड्रो पावर, ८ मेगावाटको माथिल्लो नौगाड निर्माण गरेको अपि पावर र २५ मेगावाट काबेली ‘बी’–१ को निर्माण गरेको अरुण काबेली पावर सम्मानित भएका छन् ।
विभागका अनुसार, सम्मानित हुने कम्पनीहरुमा ४.८ मेगावाटको पदम खोला निर्माण गरेको दोल्ती पावर र ५ मेगावाटको घलेम्दीको निर्माण गरेको घलेम्दी हाइड्रो पावर कम्पनी, ६.६ मेगावाटको रुदी ‘बी’ निर्माण गरेको विन्दवासिनी हाइड्रो डेभलपमेन्ट, ७.५ मेगावाटको माथिल्लो खारुङ्गा खोला निर्माण गरेको तेह्रथुम पावर, २३.५ मेगावाटको सोलु खोला निर्माण गरेको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक र २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ निर्माण गरेको शिवश्री हाइड्रो पावर छन् ।
यसैगरी १२ मेगावाटको नामार्जुन मादी १२ मेगावाटको नामार्जुन मादी निर्माण गरेको हिमालयन हाइड्रो पावर, ९.६ मेगावाटको सुपर माई ‘ए’ निर्माण गरेको सगरमाथा हाइड्रो, ३ मेगावाटको सुपर माई क्यासकेड निर्माण गरेको माई खोला हाइड्रो पावर, ३ मेगावाटको रावा खोला निर्माण गरेको रावा इनर्जी डेभलपमेन्ट, ५ मेगावाटको घट्टेखोला निर्माण गरेको मनकामना इन्जिनियरिङ हाइड्रो पावर, ४.५ मेगावाटको विजयपुर–२ निर्माण गरेको सिभिल हाइड्रो पावर, ८ मेगावाटको टक्सार पिखुवा खोला पिखुवा खोला हाइड्रो पावर कम्पनी पनि सम्मानित भएका छन् ।
चिनी उद्योगबाट ३ मेगावाट उत्पादन गर्ने इभरेष्ट सुगर मिल्स, १.५ मेगावाट उत्पादन गर्ने बाराही, १ मेगावाट विद्युत् उत्पादन गर्ने सूर्य पावर, ५ मेगावाटको पिखुवा खोलाको प्रवद्र्धक इष्टर्न हाइड्रो पनि सम्मानित भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्