Logo

यूनाइटेड सिमेन्ट्सलाई ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र

यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले ५३ ग्रेडको गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको छ । ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो । यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको कम्पनीको दावी छ ।


५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो । नेपालमा मात्र नभई विदेशका ठूला–ठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ । पारिवारिक घर निर्माणसहित विभिन्न महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, ठूला पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट प्रयोग गर्न सकिन्छ ।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरी क्लिन्कर उत्पादन गर्दै आएको उद्योगले ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेसँगै ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ बलियो बनाउनेमा विस्वस्त रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्