जोखिम मोलेर परम्परागत शैलीमा ‘मह शिकार’ «

जोखिम मोलेर परम्परागत शैलीमा ‘मह शिकार’


अग्ला पहाडमा भीर माहुरीले बनाएको चाकामा उत्पादन भएको महलाई डोरिको सहायताले झुण्डिएर काट्ने पेसा नै मह सिकार हो । माथिल्लो भेगमा भने हरेक बर्ष नियमित रुपमा मह शिकार हुदै आएको छ । म्याग्दीको माथिल्लो भेगका सर्वसाधारण वर्षको दुई पटक भीर माहुरीको मह शिकार गर्न व्यस्त हुन्छन् । परम्परागत पेसाकै रूपमा जिल्लाको गुर्जा, मुदी, मल्कबाङ, लुलाङ, निस्कोट, कुइनेमंगले, चिमखोलालगायतका क्षेत्रमा मह शिकार हुने गरेको छ ।
आधुनिक उपकरणको अभावमा हँुदा भीरमा डोरीको भरमा जोखिम मोलेर मह काढ्नुपर्ने भएकाले स्थानीयले देवीदेवताको पूजा गरेपछि मात्रै मह शिकार गर्ने गर्छन् । चाख्दा जति गुलियो स्वाद हुन्छ भीरमह त्यति नै कठिन छ, भीरबाट मह उत्खनन् कार्य । चोयाको भ¥याङ (पराङ)को सहायताले भीर पहरामा भीर माहुरीको मह निकालेको दृष्य निकै कहालीलाग्दो र जोखिमपूर्ण हुने गुर्जाका स्थानीय झकबहादुर छन्त्यालले बताए ।
चोयाको रसीमा बनाइएको भ¥याङको सहयोगमा एक÷दुई सय मिटर उचाइको पहरामा रहेको माहुरीको चाकानजिकै पुगेर शिकारीले मह उत्खनन् गर्छन् । स्थानीय भासामा भिरउटे भनिने भीरमा चढ्ने मह शिकारीले सावधानीपूर्वक कहालिलाग्दो भीरमा तुलुङर््ग झुण्डिएर बहादुरीका साथ मह काढ्ने गर्छन् । जिल्लामा हाल सामूहिक मह शिकार गर्ने चलन छ । जोखिमयुक्त र साहसिक मानिने भीर महलाई सामूहिक संकलन गरेपछि एकमुष्ठ रूपमा पकाएर प्रशोधन गरी बाँडफाँड गरिँदै आएको गुर्जाका स्थानीय प्रेमबहादुर छन्त्याल बताउँछन् ।
आफ्नो भागमा परेको मह केही घरायाशी उपभोग हुने भए पनि धेरैजसो बिक्री गरी स्थानीयले आम्दानीसमेत गर्छन । भीरबाट निकालिने भीर महको माग बजारमा दिनहँु बढिरहेको छ । प्रतिलिटर दुई हजारसम्ममा भीर मह बिक्री हुने गर्छ । जंगलमा जडिबुटीयुक्त फूलका रस खाएका भीर माहुरीले उत्पादन गर्ने मह औषधि हुने भएकाले माग बढेको चिमखोलाका ध्रुवकुमार पाइजा बताउँछन् । जिल्लाको विभिन्न २० वटा वडामा भीर मह उत्पादन हुनेगर्छ ।
निकै कहालिलाग्दो र साहसिक भीर माहुरीको मह उत्खनन् पेसालाई आधुनिकीकरण गर्न सकेमा यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने देखिन्छ । धार्मिक कार्यदेखि विभिन्न रोगको घरेलु उपचारमा समेत प्रयोग गरिने भीर मह शक्तिबद्र्धक मानिन्छ । स्थानीयस्तरमा भीरमह दम, नशा, ढाड, र शारीरिक कमजोरीलगायतका रोगका औषधिको रूपमा प्रयोग गरिन्छ । सुरु सुरुमा महसंँग अन्न सटही गरिने भए पनि आजभोलि बिक्री हुन थालेपछि यसबाट स्थानीयको आयआर्जनमा टेवा पुगेको छ । भीर मह स्थानीयस्तरमा मात्रै नभई बेनी, पोखरा, काठमाडांै र विदेशमा समेत निर्यात हुने गरेको छ ।
आयआर्जनको हिसाबले महशिकार सम्भावनायुक्त पेसा मानिन्छ तर परम्परागत प्रविधि र सीपले गरिने मह शिकार सुरक्षित र ब्यवस्थित बन्न सकेको छैन । सरकारी तवरबाट मह शिकार र प्रसोधनको प्रविधिमा आधुनिकीरण र वैज्ञानिक सीप तथा तालिम भित्र्याउन सकेमा साहसिक मह शिकार आयआर्जनसँंगै पर्यटन विकासको आधारसमेत बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्