रामेछाप र दोलखावासीलाई १० लाख कित्ता सेयर

हिमालय ऊर्जा विकास कम्पनीले रामेछाप र दोलखाका स्थानीयवासीलाई ९ करोड ९० लाख रुपैयाँबराबरको ९ लाख ९० हजार बराबरको कित्ता सेयर बाँडफाँड गरेको छ ।
१२ मेगावाट अपर खिम्ती जलविद्युत् आयोजना निर्माण गरिरहेको हिमालय ऊर्जा कम्पनीले कात्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्मका लागि साधारण सेयरको निष्कासन गरेकोमा शुक्रबार मात्र बाँडफाँड गरेको हो । कम्पनीका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडेको निष्कासन र बिक्री प्रबन्धक आयोजनाबाट अति प्रभावित गोकुलगंगा–१ तथा जिरी नपा–१ र २ का स्थानीयबासी बासिन्दाले ३ लाख ९६ हजार कित्ता पाएका छन् । त्यसैगरी प्रभावित गोकुलगंगा गापा–२, ३, ४ र ५, जिरी नपा–३ र ४, तामाकोशी गापा–५ तथा ६, मन्थली नपा–१३ का स्थामनीयवासीले ५ लाख ९४ हजार कित्ता सेयर पाएका छन् ।
बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार आयोजनाबाट अति प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० कित्तादेखि ४ सय ५० कित्तासम्म माग गरेकोमा सबै आवेदकलाई मागेजति दिइएको छ भने पाँच सय कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन गर्ने सबै आवेदकलाई न्यूनतम ४ सय ५० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँडफाँड गरेर बाँकी रहेको २३० कित्ता सेयर पाँच कित्तादेखि अधिकतम ४ हजार ९सय कित्तासम्म आवेदन गर्ने कूल ३ सय ८७ आवेदकमध्ये गोलाप्रथाबाट २३ जना आवेदकले थप १० कित्ता गरि ४ सय ६० कित्ताको दरले शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ ।
आयोजनाबाट प्रभावित क्षेत्रहरूका स्थानीयहरूबाट न्यूनतम ५० कित्तादेखि २०२० कित्तासम्म आवेदन गर्ने आवेदकले मागअनुसार नै सेयर पाएका छन् भने
२ हजार ५ सय कित्तादेखि ४ हजार ९ सय कित्तासम्म सेयर माग गर्ने सबै आवेदकलाई न्यूनतम २ हजार ८० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँडफाँड गरि बाँकी रहेको ३० कित्ता शेयर २ हजार ५ सय कित्तादेखि ४ हजार ९ सय कित्तासम्म माग गर्ने कुल १४ आवेदकमध्ये गोलाप्रथाबाट ३ जनाले थप १० कित्ता गरी २ हजार ९० कित्तासम्म सेयर प्राप्त गरेका छन् ।