Logo

महामारी नियन्त्रण र संक्रमितको उपचारमा ‘सेवा परमो धर्म’ अभियान

कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर जिल्लाका सबै लायन्स क्लबहरु मिलेर गठन भएको भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन गर्दै आएको छ ।
अभियानलाई सफल बनाउनका लागि विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिहरु गठन गरी सोही समितिमार्फत विभिन्न गतिविधिहरु निःशुल्क रुपमा सञ्चालन भइरहेको चेम्बरले जनाएको छ ।
जिल्लाको चा“गुनारायण नगरपालिका वडा नं. ४ स्थित नेपाल इन्जिनियरिङ कलेजमा चा“गुनारायण नगरपालिकाले सञ्चालन गरेको ५० शैयाको आईसोलेसनमा बस्नेहरुका लागि निःशुल्क खानाको व्यवस्था गरेको जनाएको छ । साथै अक्सिजनको सुविधासहित दिनको एक पटक स्वास्थ्य जा“च तथा परामर्श सेवासमेत उपलब्ध गराइरहेको चेम्बरले जनाएको छ । हालसम्म उक्त आईसोलेसनबाट २२ जना विरामीहरु लाभान्वित भएर घर फर्किसकेको बताइएको छ।
चेम्बरले विभिन्न अस्पताल एवं हेल्थ पोष्टमा कार्यरत कोरोनाका विरामीको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मीका लागि सिबिआर भवन इन्दायणी पिठ भक्तपुरमा क्वारेन्टाइन सञ्चालन गरेको पनि चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी लकडाउनको अवस्थामा घरमै बसिरहेका नागरिकका लागि कोरोनाबाट हुन सक्ने जोखिमबारे सचेतना अभियान पनि सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्