Logo

बसका मजदुरलाई खाद्यान्न राहत सामग्री बितरण

केएल दुगड समूहद्वारा विराटनगरस्थित बिराटनगर बसपार्कमा कार्यरत मजदुरहरूलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्रीहरू वितरण गरेको छ । कोरोना महामारीले गर्दा बसपार्कस्थित दैनिक ज्यालादारी मजदुरहरूलाई राहत स्वरूप खाद्य सामग्री वितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा वितरण गरिएको थियो । सोमबार मात्रै १ सय जना मजदुरलाई खाद्य सामग्री वितरण गरिएको थियो ।
केएल दुगड समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४ सय जना बिरामी कुरुवाहरूलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको थियो । सो कार्यक्रम असार मसान्तसम्म रहने छ भने नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सञ्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ ।
यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरूलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीले जनाएको छ र अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्