सुनचाँदी व्यवसायी महासंघको सचेतना अभियान
नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना महामारीबाट बच्न सचेतना अभियान सञ्चालन गर्ने भएको छ । महासंघले विभिन्न चरणमा सञ्चालन गर्ने अभियानअन्र्तगत पहिलो चरणमा भर्चुअल माध्यमबाट सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
देशभरका झण्डै तीन सय व्यवसायी सहभागी सो कार्यक्रममा प्राध्यापक डा. जगदिशप्रसाद अग्रवालले पर्याप्त सचेतता अपनाएमा कोभिड बच्न सहिने बताए ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अहिलेको विकराल अवस्थामा कोरोनाबाट बच्नका लागि भ्याक्सिन अपरिहार्य भएको उल्लेख गर्दै यथासिघ्र भ्याक्सिनको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे ।