Logo

नेपाली उद्यमीहरुको लागि उद्यमशिल विश्वकप

उद्यमशिल विश्वकप सन् २०२१ का लागि आवेदन खुला गरिएको छ । पहिलो वर्षमा जस्तै यस वर्ष पनि २०० भन्दा बढी देशहरुबाट १ लाख ७५ हजार जनाभन्दा बढी प्रतियोगीहरुले भाग लिने अपेक्षा राखिएको छ । यस कार्यक्रमले १ लाख अमेरिकी डलर राशीको नगद पुरस्कार विश्वव्यापी रुपमा घोषणा गर्दछ । साथै थप ७ लाख ५० हजार डलर बराबरको अन्य प्रकारका सहयोग र थप लगानी गर्ने अवसर उपलब्ध गराउने आयोजकले जनाएको छ ।
यस प्रतियोगिता नेपालमा भने पहिलो पटक आयोजना हुन लागेको बताइएको छ । नेपाली युवा उद्यमी मञ्च यस वर्ष नेपालका लागि अधिकारिक रुपमा राष्ट्रिय आयोजक रहेको र यसले नेपालभित्र र बाहिर रहेका उद्यमीलाई प्रतियोगितामा भाग लिन सहयोग पुर्याउने बताइएको छ ।
युवा उद्यमीहरुका लागि देशको एउटा अग्रणी संस्था हो । यो सदस्यहरुमा आधारित गैर नाफामूखी संस्था हो व्यवसायमा सकारात्मक सोचाई अभिवृद्धि गर्ने उद्देश्यले यो संस्था स्थापना भएको हो । उल्लेखनीय व्यवसायको विकास गरी नेपाली युवाबीच विचारको आदानप्रदान गर्नु यसको लक्ष्य रहेको बताइएको छ । व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने साझेदारी, शिक्षा, तालिम तथा अन्तरकृयाको आयोजना गर्नु रहेको मुख्य उद्देश्य रहेको बताइएको छ । सन् २००३ को सेप्टेम्बमा नेपाल उद्योग वाणिज्य महासंघले यस मञ्चलाई स्थापना गरेको होे ।

प्रतिक्रिया दिनुहोस्