चामल तेल दाल उद्योग संघको भेट

नेपाल चामल, तेल र दाल उद्योग संघका अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको एक शिष्टमण्डलले अर्थ मन्त्री डा. युवराज खतिवडासँग उनकै कार्यकक्षमा भेटघाट गरेर मुलुकको वर्तमान आर्थिक एवं उद्योग व्यापारका सम्बन्धमा छलफल गरेको कुरा संघले जनाएको छ । सो क्रममा अध्यक्ष गुप्ताले बैंकको ब्याजदर वृद्धिले गर्दा उद्योग व्यापारमा परेको असर, कृषिजन्य वस्तुहरूको आयातमा भएको बढोत्तरी, कृषिलाई व्यवसायीकरण गर्न अवलम्बन गर्नुपर्ने नीति एवं समग्र उद्योग, व्यवसायको अवस्थाबारे अवगत गराउँदै सुधारका लागि आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले दर्शाइएको समस्याहरूप्रति आपूm गम्भीर रहेको बताउँदै बैंकको ब्याजदरमा स्थिरता ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले समग्र उद्योग व्यापारको अवस्थामा सुधार ल्याउन सदैव तत्पर रहेको र कृषिलाई व्यवसायीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भरताका लागि नीतिगत सुधारका पक्षमा लागि रहेको पनि बताए । भेटघाटका क्रममा नेपालका विभिन्न भेगका उद्योगी व्यवसायीहरूको उपस्थिति थियो ।