Logo

पत्रकार महासंघ पर्सालाई वीउवासंघको सहयोग

वीरगञ्ज समेत कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । कोरोना महामारीको यस विकराल अवस्थामा पनि स्थानीय सञ्चारकर्मीहरु उच्च जोखिम मोलेर समेत अग्रपंक्तिमा रही सर्वसाधारण जनतालाई सक्रियता पूर्वक सुचित गर्ने क्रममा श्रमजिवी पत्रकारहरुको पेशागत अवस्था दिन प्रतिदिन नराम्रोसँग प्रभावित हुँदै गएको अवस्थामा राहत प्रदान गर्न नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको “पत्रकार राहत विपत कोष”मा वीरगञ्ज उद्योग वाणिज्य संघले नगद तथा कोरोना नियंत्रण सम्बन्धि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले चेक तथा सेनेटाइजर, फेससिल्ड, मास्क आदि सामग्री नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्