दि कफी लाउन्जको लाबिम मलमा भव्य उद्घाटन «

दि कफी लाउन्जको लाबिम मलमा भव्य उद्घाटन

 उत्कृष्ट कफीको बियाँ, राम्रो बरिस्ता तथा कफी बनाउने राम्रो तरिकाका साथ दि कफी लाउन्ज खुलेको छ । चियाका पारखी नेपालीहरूलाई कफी कल्चरमा आउन केही समय लागेकोले कफीको उत्कृष्ट साँचो स्वाद सहित दि कफी लाउन्जले खुलेको पनि जनाएको छ । यस कुराको मध्यनजर गर्दै दि कफी लाउन्जले यसको मुख्य आकर्षणका रूपमा ‘फ्लाट ह्वाइट’ कफी सुरुवाट गरेको भन्दै यसले कफी पारखीको सबैका लागि छुट्टै स्वाद प्रदान गर्नै दाबी गरेको छ । दि कफी लाउन्ज लन्डनमा स्थापित प्रतिस्पर्धी ब्रान्ड हो जसले कफी पारखीका लागि उत्कृष्ट कफीको स्वाद प्रदान गर्छ ।
सन् २०१८ देखि यसले नेपालमा लन्डनको कफी कल्चर र प्रविधि भिœयाएको छ । हालै दरबार मार्गमा मुख्य लाउन्ज र छाया सेन्टरमा किअक्स बिक्री केन्द्र सञ्चालन गरी दी कफी लाउन्जले काठमाडौंमा उपस्थिति जनाएको बताएको छ । नेपाली कफी पारखीहरूको उत्कृष्ट कफी स्वाद दिने उद्देश्यले लाबिम मल, ललितपुरमा यसले आफ्नो तेस्रो शाखाका रूपमा सेवा प्रदान गरेको भन्दै दि कफी लाउन्जमा कफीको साथै बिहान ताजा आर्टिसन स्यान्डबीच पनि पाउन सकिने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्