Logo

श्रम नियमावलीको पहिलो खाकामा संशोधन माग

निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरू संगठित भएर नेपाल श्रमिक आपूर्तिकर्ता संघ खोलेका छन् । श्रमिकहरूको हक अधिकारको सम्मान गर्दै उनीहरूले पाउने सेवा सुविधाप्रति सदा सकारात्मक हुँदै निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरू संगठित भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाहले बताए ।
सरकारले हालै जारी गरेको श्रम ऐन २०७४ को स्वागत गर्दै श्रम कानुनकै अभिन्न अंगको रूपमा रहने श्रम नियमावलीको पहिलो खाकाको रूपमा प्राप्त प्रस्तावित मस्यौदामा राखिएका कतिपय प्रावधानका बारेमा भने संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । श्रमिक आपूर्तिकर्ताहरूको अस्तित्वलाई नै संकटमा पु¥याउनेसम्मको प्रावधान समेटिएको नियमावलीलाई थप छलफल गरेर मात्र अन्तिम निष्कर्षमा पुराउनुपर्ने माग पनि संघले गरेको छ ।
नियमावलीमा सुधार गर्नैपर्ने मूलभूत विषयहरूलाई लिपिवद्ध गरी सुझावको रुपमा सम्बन्धित निकायसमक्ष पेश गरिएको जनाउँदै अध्यक्ष साहले त्यसलाई समेट्न सम्वन्धित निकायसँग आग्रह पनि गरेका छन् । यस व्यवसायमा समर्पित व्यवसायीहरूको हकहित संरक्षण गर्ने उद्देश्य राखी संघको स्थापना गरिएको भन्दै उनले व्यवस्थित श्रम बजार–समृद्धिको आधार भन्ने नाराका साथ दर्तावाला श्रमिक आपूर्तिकर्ता व्यवसायीहरूको स्वःस्फूर्त पहलबाट काठमाडांै महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा संघ दर्ता भएको जनाए । संघमा सय संस्था सदस्य भएका छन् । नेपालमा निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्ति गर्ने करिब ३ हजार संस्था छन् ।

प्रतिक्रिया दिनुहोस्