चौतारी लघुवित्त वित्तीय सस्ंथाको साधारण सेयरको बाँडफाँड

एनआईबीएल एस क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारणहरूलाई निष्कासन गरिएको चौतारी लघुवित्त वित्तीय सस्ंथाको १ सय रुपैयाँ अंकित दरको ६ लाख कित्ता साधारण सेयर (सो मध्ये ३० हजार कित्ता सामूहिक लगानी कोषलाई र ९ हजार ३०० कित्ता सेयर कर्मचारीहरूको लागि बाँडफाँड गरिएको) र बाँकी ५ लाख ६० हजार ७ सय कित्ता साधारण सेयरहरू सर्वसाधारणहरूमा मंसिर १९ गतेदेखि मंसिर २३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा उक्त सेयरहरू शुक्रबारका दिन सर्वसाधारणहरूमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।