खनालको ‘राष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद’ «

खनालको ‘राष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद’

टे«ड युनियन र श्रम कानुनका क्षेत्रमा लामो समयदेखी अध्ययन अनुसन्धान गर्दै आएका लेखक प्रेमलकुमार खनालको पछिल्लो पुस्तक ‘राष्ट्रियता र अर्थराजनितिमा दलाल पुँजीवाद’ प्रकाशित भएको छ ।
पुस्तकमा मुलुकको विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, कर्मचारीतन्त्र लगायतका विषयमा गहन विचार राखिएका छन् ।
पुस्तकमा लेखक खनालले राष्ट्रियतालगायत समसामयिक अर्थराजनीति र यसका चुनौती र सार्वजनिक प्रशासन भित्रका चुनौती र अबको बाटोका वारेमा चर्चा गरेका छन । ‘स्थानीय सरकार’ खण्डअन्तर्गतका चारवटा लेखमा नयाँ अभ्यासका रूपमा ग्रहण र अभ्यास गरिरहेको संघीय शासन प्रणालीलाई जगैदेखि बलियो बनाउनका लागि स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा चर्चा गरिएको छ ।
प्रभावकारी वित्तीय व्यवस्थापन, संरचनागत प्रभावकारिता र जनप्रतिनिधिहरूको सबल भूमिकाले मात्रै स्थानीय तहहरूले आफ्नो औचित्य प्रभावकारी रूपमा स्थापित गर्न सक्छन् भन्ने लेखकको निष्कर्ष सहितका विचारहरू छन । ‘सार्वजनिक प्रशासन’ खण्ड अन्तर्गतका नौवटा लेखमा चाहिँ नेपालको सार्वजनिक प्रशासनले भोग्नुपरेका समस्या, मनोविज्ञान, व्यवस्थापन क्षमता, कार्यशैलीलगायतका विषयहरूमा चर्चा गरिएको छ । सार्वजनिक प्रशासन र टे«ड युनियनबीचको भूमिकालाई समेत जोडेर समग्रमा सबै क्षेत्रको हातेमालोले कसरी सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा लेखकले चिन्तन गरेका छन ।
लेखक खनालको यस अघि नेपाल टे«ड युनियन आन्दोलन र भावी दिसा र अबको श्रम आन्दोलन र श्रम कानुन नामक पुस्तक प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्