Logo

जलवायुजन्य विपत्को क्षति न्यूनीकरणमा चुनौती

GettyImages / Romolo Tavani


जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय जलवायुजन्य विपत्का कारण हुने क्षति न्यूनीकरणमा चुनौती भएको बताएको छ । मंगलबार विश्वभर मनाइएको विश्व मौसम दिवसको अवसरमा विभागले प्रेस विज्ञप्ति जारी गर्दै जलवायुजन्य विपत्को क्षति न्यूनीकरणमा चुनौती रहेको बताएको हो ।
विभागले पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण पहिरो जाने, अनाबृष्टि, अतिबृष्टि, बाढी, हिमालको हिउँ पग्लने लगायतका समस्याका कारण नेपाल लगायत गरिब राष्ट्रहरुले वित्तिय समस्या भोग्दै आइरहेको बताएको छ । “विश्वव्यापी रुपमा दिनप्रतिदिन भूमण्डलीय तापमान भईरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरुपमा परिवर्तन भईरहेको छ,” विज्ञप्तीमा भनिएको छ, “जसले गर्दा हिमालका हिउँ पग्लदै गईरहेका छन्, समुन्द्रमा पानीको सतह बढ्दै गईरहेको छ । मौसम प्रणालीहरुको स्वरुपमा अस्वभाविक फेरबदल भइरहेको छ ।
यस्ता मौसम र जलवायुजन्य विपत्हरुबाट प्रत्येक वर्ष हुने धनजनको क्षति न्यूनिकरण हाम्रा लागि प्रमुख चुनौती बनेको छ ।”
विभागका प्रवक्ता सुमन कुमार रेग्मीले मौसम पूर्वानुमानलाई समय सापेक्ष सही र भरपर्दो तथा विश्वसनिय बनाउन तथा पूर्वसूचना प्रणालीलाई थप विकास र विस्तार तथा जलवायुको विश्वलेषण र आँकलनलाई प्रभावकारी बनाउने बिषयलाई विभागले उच्च प्रथामिकता राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्