Logo

निर्माण व्यवसायी महासंघको प्रदेश अधिवेशनको तयारी पूरा

दाङ-निर्माण व्यवसायी महासंघ प्रदेश न ५ को अधिवेशन तथा साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजकले दाङको घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । अधिवेशन यही मंसिर १३ गतेदेखि दाङको घोराहीमा हुने निर्माण व्यवसायी महासंघका प्रदेश अध्यक्ष बलीभद्र रानाले जानकारी दिए । अधिवेशनको उद्घाटन प्रदेश नं ५ मुख्य मन्त्री शंकर पोख्रेलले गर्ने भएको पत्रकार सम्मेलनमा अध्यक्ष रानाले बताए ।
अधिवेशन तथा साधारणसभाका लागि प्रदेश नं ५ मा रहेका १२ जिल्लाका निर्माण व्यवसायीहरू जिल्लामा आइसकेको समेत अध्यक्ष रानाले बताए । अधिवेशनले ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने तथा नीति कार्यक्रम बनाउने बताइएको छ । अधिवेशनमा २ सय जना प्रतिनिधि तथा अतिथि गरी ३ सय जनाको सहभागिता रहने बताइएको छ ।
प्रदेश नं ५ का करिब ३ हजार ५ सय निर्माण व्यवसायीहरू रहेको प्रदेश समितिले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी महासंघका प्रदेश नं ५ का अध्यक्ष रानाले झोले ठेक्दारको कारण निर्माण व्यवसायीहरूको बदनाम भएको बताए । “अहिले झोले ठेक्दारको कारण हाम्रोे बदनाम भएको छ,” अध्यक्ष रानाले भने यस कारण निर्माण व्यसायिहरूको लाइसेन्स दिदा महासंघको सहभागितामा वितरण गरिनुपर्ने उनको भनाइ छ । केही निर्माण व्यवसायीहरूले ठेक्का लिने काम समयमा नगर्ने प्रवृत्तिले सिङ्गो निर्माण व्यवसायीको नै बदनाम भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्