Logo

आर्थिक अभावमा उपचारमा कठिनाइ, सहयोगको याचना

गजुरी– सम्र्पकविहीन भएको ३६ घण्टापछि अचेत अवस्थामा भेटिएका रमेश क्षेत्री पण्डितको माइतीघरस्थित अन्नपुर्ण न्यरो अस्पताल वेड नम्वर ४०७ मा उपचार भइरहेको छ । फागुन १० गतेदेखि २४ गतेसम्म ६ लाख खर्च भइसकेको पण्डितका जेठा दाजु ईश्वरीले बताए ।
केही दिनअघिसम्म बिरामीको अवस्था प्रतिचिन्तित थियौं । आफूहरू भएको र आफन्तबाट सापटी लिएर उपचार गरायौं । अहिले विरामी अवस्था सुधार हुदै गएको छ । हामी खुसी भएका छौ । तर बाँकी उपचार कसरी गर्ने भन्ने चिन्ता छ । अरुसंग ऋण लिएर उपचार गराउन पनि तिर्ने उपाय छैन । सहयोग के भनेर माग्ने । हामी साह्रै अफ्ठ्यारोमा परेका छौं । स्वच्छिक रुपमा दिने सहयोग लिनुको विकल्प रहेको ईश्वरीले बताए ।
घरबाट बेचविखन गर्ने चिजपनि छैन । अरुको काम नगरी खान नपुग्ने परिवार छ । चार जना साना बच्चा छन् । जग्गा बेचो घडेरी चाहिन्छ । त्यही पनि गाँउको जग्गा कति पैसा आउँछन् । गाँउलेहरूले एक लाख उठाएर ल्याइदिनुभएको छ । त्यसले १० दिन जतिलाई खर्च थान्छ होला । गरिवले उपचार गराउन कठिन हुँदो रहेछ । हाम्रो परिवारमा यति ठूलो खर्चमा उपचार पहिलो पटक गराएका छांै । कसैलाई पनि नप¥योस यस्ता आपत्ति ईश्वरीले थपे ।
त्यहाँका डाक्टरहरूले आईसीयु खाली नभएकाले तत्काल आईसीयु भएका अस्पताल लाग सुझाए । त्यहाँबाट मनमहोन शिक्षण अस्पताल स्वयम्भूमा आईसीयु खाली रहेकाले त्यहाँ लगियो । त्यहाँ डाक्टरहरूले अन्नपूर्ण न्युरो रिफर गरेपछि उनी परिवारको सम्पर्कमा नरहेको ५३ घण्टापछि टाँउको शल्यक्रिया भयो । केही दिनपछि होसमा आएका पण्डितको स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्