Logo

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटी बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको संघले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।
काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन, राज्यका तर्फबाट असहज नीतिहरु बनाइँदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा महासंघले नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।
आगामी दिनमासमेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवंम व्यवसायीक वातावरण निर्माणका लागि महासंघ नेतृत्वदायी रहने अध्यक्ष कटुवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्