Logo

सडक निर्माण ढिलाइले व्यापार व्यवसाय प्रभावित

धनगढी-मोहनापुल–अत्तरीया ६ लेन सडक निर्माणमा भइरहेको ढिलासुस्तीले प्रदेशको मुख्य व्यापारिक केन्द्र धनगढीको व्यापार व्यवसाय प्रभावित भएको छ । वरिपरिका व्यापार–व्यवसायलाई सुस्त सडक निर्माणका कारण धनगढीको व्यापार–व्यवसाय चौपट बनाउनुका साथै वरपरका बासिन्दालाई आवतजावतमा समेत समस्या भएको छ ।
मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजनाको १४.२ किलोमिटर क्षेत्रका व्यापारीको एक वर्षदेखि नै व्यापार व्यवसाय सुस्ताएको छ । उनीहरूले सडक निर्माण भए व्यापार व्यवसाय फष्टाउला भन्ने आशा राखेका थिए तर निर्धारित समयमा कालोपत्रे अगाडिका काम पनि नसकिने भएपछि व्यापारमा समस्या भएको धनगढी चट्कपुरका रामकुमार पुरीले बताए ।
६ लेन सडकको दुवैतर्फ अहिलेको सडकभन्दा झण्डै १ मिटर उचाइका नाली निर्माण गरिएको छ । जसले गर्दा सवारी पार्किङ, लोड–अनलोडलगायतमा मात्रै सास्ती नभई पसलसम्म आउ–जाउ गर्ने बाटो पनि छैन । सामान खरिदका लागि आउने ग्राहकले पसल पहिचानसमेत गर्न सक्दैनन् । धनगढीका क्षेत्रका व्यापारी घर भाडामा लिएर व्यापार गरिरहेकाले उनीहरूलाई मासिक भाडा संकलनमा समेत समस्या भएको छ । सबै स्थानमा एकै पटक सुरु गरिएको नाली निर्माणकार्य अझै सकिएको छैन ।
६ लेन सडकमा निर्माण गरिएको नाली र निकासको व्यवस्थासमेत नहुँदा वरपरका बासिन्दा र व्यापारीको आवागमन निकै कठिन छ । सडक निर्माण दुई वर्षभित्र निर्माण पूरा होला र व्यापार व्यवसाय पहिलेको अवस्थामा फर्केला भन्ने आशा गरेका व्यापारी चिन्तित बनेको धनगढी बोराडाँडीका व्यापारी बताउने गरेका छन् । धनगढीका व्यापारीलाई दैनिक करोडौं रकमको नोक्सानी हुने गरेको छ । व्यापारीहरूले पसलसम्म सामान ल्याउन सकेका छैंनन् भने पसलमा भएका सामानसमेत ग्राहकलाई बेच्नसमेत कठिन भएको छ । उनीहरूले यो समस्या २ वर्षसम्म मात्रै होला भन्ने आशा गरेका थिए, तर आयोजना कार्यालयले योजना कार्यान्वयनको १५ महिनासम्म पनि सडकको क्षेत्राधिकारसम्म खाली गर्न नसकेपछि एकातिर सडक निर्माण समयमै नसकिने भएको छ भने अर्कोतिर वरपरको व्यापार व्यवसाय चौपट हुने अवधि पनि बढेको छ ।
६ लेन सकडसँग जोडिएका अन्य आधिकारी शाखा सडकमा आयोजनाको स्ल्याप निर्माण गर्ने योजना छ । तर कुनैपनि स्थानमा स्ल्याप निर्माण भएको छैन भने धेरै स्थानमा नाली निर्माण गर्दा निकास नै बन्द भएको छ । जसले गर्दा ६ लेन सडकको वरिपरी रहेको वासिन्दालाई पनि भएको धनगढीका हर्क बि.कले बताए । सडक क्षेत्रमा रहेका पाइप स्तान्तरणको विषयमा ओझेलमा छ । सडक क्षेत्रमा खानेपानीको पाईप ठूलो समस्या ल्याएको छ । तर समाधान अझै भएको छैन । अत्तरीयामा सडक क्षेत्रमै पर्ने विद्युतको मुख्य टावर सार्नका लागि पनि आयोजना कार्यालयले विद्युत प्राधिकरणलाई पत्र पठाएको रेडिमेट जवाप दिदैँ आएको छ । सडक क्षेत्रमा धेरै समस्या रहेको र निर्माण कम्पनीको काम गराईएको अवस्था हेर्दा व्यापारी र स्थानीय हैरान भएका छन् ।
सडक निर्माणको चरणमा रहेकाले ढुवानीका यातायात आउत–जावतमा समस्या भएको छ ।
यता शर्मा/अमर/नागार्जुन जेभी ईन्जिनियर सुलभ भट्टले व्यापारीका कारण काममा समेत बाधा भएको छ ैन् बताउँछन् छैन् । व्यापारीलाई समस्या पनि भएको छैन् बताउँछन् ।
मोहनापुल अत्तरीया सडक निर्माणको ९ महिना बाँकी रहेका बेला अब निर्माण पुरा नहुने देखीएसँगै आयोजना कार्यालय निर्माण कम्पनीलाई समय अवधि थप्ने मनसायमा पुगिसेकेको छ । निर्माण कम्पनीहरुलाई म्याद थप्ने आसय आएसँगै व्यापारीहरुको व्यापार घाटा समेत थपिने निश्चित छ । निर्माणधिन मोहनापुल–अत्तरीया ६ लेन सडक निर्माण समय अवधिभित्र नसकिने भएपछि वरपरका वासिन्दा र व्यापारी थप मारमा पार्ने भएका छन् । सड्क निर्माण भईरहेकाले व्यापार चौपट भएको अवस्थामा झनै सडक समय अवधिभित्र नसकिने भन्दै उनीहरुमा चिन्ता बढेको हो । सडक निर्माणको अवधि लम्किने भएपछि व्यवासय पनि थप समय सम्म चौपट हुने भएको हो । व्यापार व्यवसाय मात्र होईन वरपरका वासिन्दालाई आफ्नै घरमा आवाजावत गर्न पनि निकै सकस छ । दुई बर्षमा निर्माण पुरा गर्नेगरी मोहनापुल अत्तरीया सडक आउोजना र निर्माण व्यवसाय मात्र होईन वरपरका वासिन्दालाई आफ्नै घरमा आवातजावत गर्न पनि निकै सकस छ ।
दुई बर्षमा निर्माण पुरा गर्नेगरी मोहनापुल अत्तरीया सडक आयोजान र निर्माण कम्पनीहरुबिच सम्झौता भएको थियो । सम्झौताको सम्म कालोपत्रे अगाडीको ७० देखी ८० प्रतिशतको हाराहारीमा मात्र काम पुराहुने आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्