सुनचाँदीका मौलिक गहना निर्यातमा जोड

सुनचाँदी तथा कला व्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले यस्ता गरगहनाको निर्यातबाट मुलुकमा रोजगारीको अवसरको सृजना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने बताएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको प्रचुर सम्भाव्यता औंल्याउँदै त्यसवाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए ।
कार्यक्रममा नेपाल सनुचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसबाट नेपालले धेरै फाइदा लिन सक्ने बताए । अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एण्ड ज्वलरी काउन्सिलको महत्वमा बारेमा प्रकाश पार्दै व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न तथा आभुषण महासंघ जस्ता एउटै प्रकृतिका संघसंस्थारुले आपसमा सहकार्य गरेर ब्यवसाय प्रवद्र्धन गर्न सक्ने धारणा राखे ।
त्यस क्रममा हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले नेपाली हस्तकलाको महत्व र सम्भाव्यताका बारेमा प्रकाश पारेका थिए ।
विश्व जारमा नेपाली हस्तकलामा सामग्रीको माग अत्याधिक रहेको उल्लेख गर्दै उनले हस्तकलाका सामग्री र मौलिक गरगहनाको निर्यातबाट व्यवसायीलाई मात्र नभई राष्ट्रलाई नै सम्मान पुग्ने बताए ।