नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्यसमिति चयन

काठमाडौं-नेपाल मुद्रण उद्योेग महासंघको अध्यक्षमा पुष्कल गौतम निर्वाचित भएका छन् ।
आइतबार भएको महासंघको तेस्रो महाधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । ३९ सदस्यीय कार्यसमितिमा ३६ जनाको प्रत्यक्ष निर्वाचनबाट निर्वाचन गर्ने प्रावधानअनुसार निर्वाचन गरिएको छ भने बाँकी ३ जना अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था छ । अध्यक्षमा गौतम १ सय ६१ मत पाएर निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष केसीले जम्मा १ सय २ मत मात्र प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा खोमकान्त रेग्मी, १ नम्बर प्रदेश अध्यक्षमा देवेन्द्रबहादुर बस्नेत, २ नम्बर प्रदेश अध्यक्षमा सिताराम शाह, ३ नम्बर प्रदेश अध्यक्षमा गोपाल ढकाल, ४ नम्बर प्रदेश अध्यक्षमा देवीप्रसाद अर्याल, ५ नम्बर प्रदेश अध्यक्षमा विष्णु तिवारी, ६ नम्बर प्रदेश अध्यक्षमा हिमा कुमारी उपाध्याय र ७ नम्बर प्रदेश अध्यक्षमा महेश दाहाल निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा युवराज श्रेष्ठ, सचिवमा अरुण सापकोटा सह–सचिवमा राजकुमार घिमिरे, कोषध्यक्षमा कुयाङ लामा, सह–कोषाध्यक्षँमा, टीका नेपाल, एसोसिएट सदस्यमा बसन्त नारायण भोछिभोया तथा सदस्यहरूमा निराजन शाक्य, टपेन्द्र विक्रम शाह, मनोजकुमार जिसी, सुदीप न्यौपाने, राजनप्रसाद पाठक, चण्डी ढकाल, अर्जुनप्रसाद सापकोटा, राजकुमार शाह, प्रलाद दाहाल, फुदम यादव, प्रवीण कुमार यादव, इन्द्र पलिखेल, कमल कार्की, जीवन गोर्खाली, गोविन्दप्रसाद रेग्मी, गिरिराज गैरे, मीना सुवेदी ढकाल, सुशील शर्मा, छत्रबहादुर साउद र डम्बर सिंह धामी चयन भएका छन् ।