Logo

बुटवल पावर कम्पनीको २८औं वार्षिक साधारणसभा

बुटवल पावर कम्पनीको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्ताव पारित गरेको छ । कम्पनीले आव २०७६-०७७ मा ७३ करोड १२ लाख ८४ हजार ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साधारणसभाले सेयरधनीलाई सो मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको कम्पनीले बताएको छ ।
बोनस सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड १३ लाख ६० हजार ५ सय रुपैयाँ पुग्नेछ । आव २०७६-०७७ मा कम्पनीले १२ मेगावाटको झिमरुक विद्युत् आयोजना र ९.४ मेगावाटको आँधीखोला विद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले स्याङ्जा, पाल्पा, प्यूठान र अर्घाखाँचीका करिब ५९ हजार उपभोक्तालाई नियमित विद्युत् वितरण गर्दै आएको छ । यसबाहेक कम्पनीले हालसम्म सहायक तथा सम्बद्ध कम्पनीमा गरेको सेयर लगानी करिब ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्