नेप्से २ हजार बिन्दु कट्यो «

नेप्से २ हजार बिन्दु कट्यो

केही दिनदेखि बुलिस ट्रेन्डमा रहेको सेयर बजारमा तीब्र वृद्धिदरको गति मंगलबार भने रोकिएको छ । सेयर लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजारमा सामान्यमात्रै सुधार भएको हो । मंगलबार नेप्से ३.३५ अंकले बढेर २ हजार ४० बिन्दुमा रोकिएको छ । यस दिन बैंकिङ समूहको उपसूचकमा गिरावट आउँदा बजारमा उछाल आउन नसकेको हो । बैंकिङ समूहको उपसूचक ४१.४३ अंकले घटेको छ । कारोबारमा जलविद्युत् कम्पनी, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बिमा, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।
नेप्सेमा १९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता सेयर ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ । कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार १ सय २ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल दुरसञ्चार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कारोबारमा नेपाल पुनर्बिमा कम्पनी र रसुवागढी हाइड्रोपावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ । अपर तामाकोसी, नेपाल दूरसञ्चार कम्पनी, सान्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले कमाउँदा ग्रिन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, बोटलर्स नेपाल, मल्टिपर्पाेज फाइनान्स, साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्