१५ हजार पठाउँदा ५ लाख उपहार «

१५ हजार पठाउँदा ५ लाख उपहार

यूएई – सिन्धुपाल्चोककी कान्छी तामाङले यूएईमा रहेको यूएई एक्सचेञ्जबाट हिमाल रेमिट्यान्समार्फत् पैसा पठाउँदा ५ लाख उपहार पाएकी छिन् । हिमाल रेमिटको सहकार्यमा यूएई एक्सचेञ्जले सेप्टेम्बर एकदेखि हिमाल रेमिटमार्फत् पैसा पठाएबापत हप्ताको एक–एक लाख र अन्तिम हप्ता पाँच लाख दिने कार्यक्रम सञ्चालन गरेको थियो ।
दसैंको अवसर पारेर सार्वजनिक गरिएको उपहार योजना नेपालीहरुको लागिमात्रै सञ्चालन गरिएको थियो । यसै योजनाअन्तर्गत सिन्धुपाल्चोककी तामाङले पाँच लाख जितेकी हुन् । दुई छोरीकी आमा तामाङको घर भूकम्पले भत्किएको थियो । घर बनाउने चाहना भए पनि उपहारमा पाएको पैसा छोरीहरुको पढाइको लागि राखिदिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्