धनकुटामा बजार अनुगमन «

धनकुटामा बजार अनुगमन

धनकुटा-चाडपर्व नजिकिएसँगै धनकुटामा समेत बजार अनुगमन सुरु गरिएको छ । स्थानीय तह र उद्योग वाणिज्य संघले बजार अनुगमन थालेका छन् । पाख्रिबास नगरपालिकाले ग्रामिण क्षेत्रका पसलमा समेत अनुगमनलाई तीव्र बनाएको छ भने उद्योग वाणिज्य संघले पनि धनकुटाका प्रमुख व्यापारिक केन्द्रमा अनुगमन सरु गरेको छ ।
चाडपर्वको मौका छोपेर बढी मूल्यमा तथा म्याद नाघेका खाद्यवस्तु बिक्री गर्न सक्ने भन्दै धनकुटाका स्थानीय तहहरु आफैंले अनुगमन सुरु गरेका हुन् । बजार क्षेत्रसहित ग्रामिण क्षेत्रका पसलमा समेत अनुगमन गरिएको छ । अघिल्ला वर्षहरुपमा बजार क्षेत्रमा मात्र हुने गरेको अनुगमन यो वर्ष भने गाउँ क्षेत्रका पसलमा समेत गरीएको हो । सहर बजारबाट म्याद नाघेका खाद्य वस्तु गाउँ पु¥याएर बिक्री गर्ने गरेको गुनासो आएपछि गाउँसम्म पुगेर अनुगमन गरेको पाख्रिबास नगरपालिकाका राजस्व शाखा प्रमुख खेमचन्द्र वस्तीले बताए ।
अनुगमनमा ग्रामिण क्षेत्रका पसलमा म्याद नाघेका खाद्य सामग्री, खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको, मूल्यसूची नराखिएको दर्ता बिनै पसल सञ्चालन गर्ने गरेको पाइएको उनको भनाइ छ । यता, धनकुटा उद्योग वाणिज्य संघले आन्तरिक बजार अनुगमन सुरु गरेको छ । चाडपर्वको अवसरमा कतिपय व्यापारीबाट हुने सक्ने बेइमानीलाई नियन्त्रण गर्न र उचित मूल्यमा उपभोक्ताहरु उपभोग्य वस्तु पाउने वातावरण सिर्जना गर्नका लागि बजार अनुगमन थालिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।
व्यवसायीहरुलाई मूल्यसूची राख्न, कर पाटी राख्न, खरिद तथा बिक्री बिल जारी गर्न, म्याद सकिएका समग्री, मिसावट तथा अखाद्य समग्रीहरु बिक्री वितरण नगर्न र छुट्टै ठाउँमा राख्न र शिल गरी फिर्ता पठाउन र व्यापार व्यावसाय नविकरण तथा दर्ता समयमै गर्न अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्