प्रधानसेनापति–कतारी राजदूत भेट «

प्रधानसेनापति–कतारी राजदूत भेट

कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
जंगी अड्डामा भएको भेटमा राजदूत अलहेल र प्रधानसेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्