क्यासवे मनी ट्रान्स्फर र नेपाल क्लियरिङ हाउसबीच सम्झौता «

क्यासवे मनी ट्रान्स्फर र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

क्यासवे मनी ट्रान्स्फर र नेपाल क्लियरिङ हाउसबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ‘नेशनल पेमेन्ट्स इन्टरफेस’को प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधैं लाभग्राहीको बैंक खातामा जम्मा हुन्छ ।
योसँगै क्यासवे मनी ट्रान्स्फरका कम मूल्यका रेमिट्यान्स भुक्तानी कारोबारहरु कनेक्टआइपिएस इ–पेमेन्ट प्रणालीमार्फत ‘रियल टाइम’मा हुने कम्पनीको उल्लेख छ । अन्य रेमिट्यान्स भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनिसिएचएल–आइपिएसमार्फत तोकिएको समय सीमाभित्र गर्नुपर्नेछ ।
क्यासवे मनी ट्रान्स्फरले रमेट्यान्सको भुक्तानी मेगा बैंकमार्फत गर्ने बताइएको छ । यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ ।
नेशनल पेमेन्ट्स इन्टरफेसले (एनपिआइ) नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको काम गर्दै आएको छ । यसमा हाल ८ भन्दा बढी रेमिट्यान्स कम्पनीहरु समावेश छन् । क्यासवे मनी ट्रान्स्फर नेपालभरी रेमिट्यान्स नेटवर्कमार्फत् रेमिट्यान्स सुविधा दिँदै आएको मनी ट्रान्स्फर कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्