सेयर बजार बढ्ने क्रम रोकियो «

सेयर बजार बढ्ने क्रम रोकियो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढ्ने क्रम बुधबार रोकिएको छ । सोमबार र मंगलबार निरन्तर बढेको नेप्से परिसूचक बुधबार घटेको हो । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । घट्दो बजारमा कारोबार रकमसमेत कमी आउनु भनेको तत्काल सेयर बिक्री गर्ने लगानीकर्ता कम छन् भन्ने बुझिन्छ । विगतका केही दिनको बढाइका कारण लगानीकर्ताले आगामी दिनमा बढ्न सक्ने भएकाले बिक्री गर्न नखोजेको हुनसक्छ । बुधबार नेप्सेका कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजारमा परेको हो । कारोबार सुरु हुँदादेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो ।
कारोबार सुरु हुँदा १४३७.२४ अंकमा रहेको नेप्से २०.६३ अंकले घटेर बन्द हुँदा १४१६.६१ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ३.३९ अंकले घटेको छ । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १६.२८, व्यापार १.३५, अन्य समूह १९.३८, विकास बैंक १७.१६, वित्त ४.८, बिमा १३४.८२, लघुवित्त २६.६८, होटल २९.३३, उत्पादनमूलक १.४ र जलविद्युत् समूह २६.०१ अंकले घटेका छन ।बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि घटेर ४४ करोडमा झरेको छ । नेप्सेमा १५५ कम्पनीको ५ हजार ५९ कारोबारबाट ४४ करोड ५५ लाख रुपैयाँ बराबरको ८ लाख ९० हजार ४ सय ६३ कित्ता सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्