दोषी ठहर भएका २५ जना प्रहरी नियन्त्रणमा «

दोषी ठहर भएका २५ जना प्रहरी नियन्त्रणमा

म्याग्दी-विभिन्न आपराधिक घटनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ब्यक्तिलाई म्याग्दी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार अभियुक्त प्रकाउ अभियानअन्तर्गत पछिल्लोे दुई महिनामा फरार रहेका २५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
जसमध्ये मालिका गाउँपालिका–४ ओखरबोटमा ११ वर्षअघि आयोजित मेलामा खेलाडी हत्या घटनामा संग्लन रहेका ५ जनालाई एकैसाथ प्रकाउ गरेको छ । घटना दोषी ठहर भएका उनीहरूलाई पोखरामा लुकिछिपी रहेको अवस्थामा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरणजंग कँुवरले जानकारी दिए । मेलामा बागलुङ तमाङका २१ वर्षका नारायण छन्त्यालको हत्या भएको थियो । सो घटना जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका मालिका गाउँपालिका–४ ओखरबोटका २० वर्ष जेल सजाय तोकिएका बलमान घर्ती, तिर्थेन्द्र घर्ती मगर, जीवन घर्ती मगर र १० वर्ष कैद सजाय तोकिएका दुर्गाबहादुर घर्ती र दलप्रसाद पुन अदालतबाट दोषी ठहर भए पनि अहिलेसम्म फरार रहेका थिए ।
२० वर्षअघि कर्तब्य ज्यान मुद्दा लागेर फरार रहेका धवलागिरि गाउँपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेको छ । २० वर्षअघि २२ वर्षीय गर्बे पाइजालाई हत्यामा संग्लन घर्तीलाई प्रकाउ गरेको थियो । प्रहरीका अनुसार कर्तव्य ज्यान, डाकाचोरी, लागू औषध, सवारी ज्यान, सम्बन्ध विच्छेद, सार्वजनिक अपराध, बहुविवाह र नाता कायमलगातयको मुद्दामा दोषी ठहर रहेकाहरुलाई अहिले नियन्त्रण्मा लिएको छ । साढे दुई महिनामा विभिन्न घटनामा दोषी ठहर भएका अभियुक्तलाई प्रकाउ गर्न प्रहरीको टिम निरन्तर खटिएर सफलता मिलेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए । उनले अदालतबाट दोषी ठहर भएर फरार रहेका अभियुक्तलाई खोजी कार्य निरन्तर चलिरहेको बताए । विभिन्न घटनामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरेका करिब दुई सयको संख्यामा फरार रहेको प्रहरी निरीक्षक धुव्र शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्