८० लाखको योजनामा ५ किमि मात्रै सडक निर्माण «

८० लाखको योजनामा ५ किमि मात्रै सडक निर्माण

जुम्ला-जुम्लाको हिमा गाउँपालिका वडा नम्बर २ मा भईरहेको सडक निमार्ण र तथा स्तरबृद्धिमा अनियमितता भएको पाइएको छ । गत आवको योजनामा बड्की ओदी कालिकोट सडक स्तर बृद्धिका लागि गाँउपालिकाले ८० लाख बजेट छुटायो ।
८० लाखमा बड्की ओदी हुदै कालिकोट सम्मको झण्डै २० देखि २५ किलोमिटर सडक स्तरबृद्धि गर्नु पर्ने हो । तर, योजनामा छुटाएको ८० लाख मध्य, ५८ लाख खर्च भएको छ । खर्च अनुसारको सडक निमार्ण नहुँदा स्थानीय आक्रोसित भएका छन् । आयोजनाको सम्झौता सकिदा सम्म पनि ५८ लाख ४८ हजार ९ सय ८ रुपैयामा ५ किलो मिटर मात्रै सडक निर्माण भएको छ । उपभोक्ता समितका अध्यक्ष जुद्ध रोकायाका अनुसार,बजेट अनुसार सडक बढि खनिनु पर्ने हो ।
यसमा आम नागरिकको सहभागितामा निर्माण गरिने भनिएता पनि उपभोक्ता समितिका पदाधिकारीले सक्रियात नदेखाउँदा डोजर प्रयोग गर्दा खर्च बढि आएको बताए । यसमा कुनै स्वार्थ छैन् । विल भरपाई सबै बुझान्छौ गाउँपालिकालाई चित्त नबुझे, जस्तो सुकै कार्बाहि भोग्ने उनको भनाई छ । कता कता, अख्तियारमा पनि उजुरी गएको भन्ने सुनेको छु । यसमा कुनै तल माथि गरेको छैन्, ।
अनुसन्धानबाट दोषी ठहरिने सजाय भोग्ने दावी गरे । सडक निर्माणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेपछि बीचमै निर्माण कार्य रोकियो । र ८० लाख मध्यको २१ लाख ५१ ह्जार रुपैया प्रिज गएको गाउँपालिका अध्यक्ष रज बहादुर शाहिले बताए । उनले भने, गाउँपालिकामा सकारात्मक सुझाब भन्दा आलोचनात्मक बढि आउनाले सोचे अनुसारको काम गर्न नसकिएको बताए ।
विभिन्न योजनामा भएको अनियमितता, फजुल खर्चको नियन्त्रण तथा उपभोक्ता समितिलाई नियमन गर्न निकै गा्रहो भएको सुनाए । गाउँपालिकाको विकासमा सहयोग गर्नुको साटो उपभोक्ता समितिले विकास निर्माणका क्षेत्रमा गरेको लापरवाहिले गाउँपालिका प्रक्रिया अघि बढाउन बाध्य भएको बताए ।
हिमा गाउँपालिकाका ६० बढि योजनामा उपभोक्ताको मनपरीकै कारण बजेट अनुसारको काम हुन सकेको छैन् । यसमा गाउँपालिकाको ध्यान केन्द्रित भएको छ । आगामी दिनमा निकै गम्भीर भएर अघि बढ्ने हिमाकी उपाध्यक्ष हिमाली रोकायाले बताईन ।
मनपरीले योजना अलपत्र
स्थानीय तहले दिएको विकासका निमार्णमा उपभोक्ताको मनपरी बढ्न थालेपछि अपेक्षा अनुसारको विकास निमार्ण हुन सकेको छैन् । उपभोक्ता समितिको मनपरीले गर्दा विकासे बजेटमा फजुल खर्च बढेपछि विकास निमार्ण अलपत्र परेका छन् । जुम्लाका स्थानीय तहका अधिंकाश विकासे योजना अलपत्र छन् ।
स्टमेट अनुसार सडक, भवन, घोरेटा बाटा, खानेपानी लगायत अन्य कुनै संचरना निमार्ण नभएको स्थानीयको व्यापक जनगुनासो छ । उपभोक्ता समिति बन्न हानथाप गरेर योजना लाई कमाई खाने भाडो बनाएको स्थानीय हंश शाहिले बताए । उनले भने, हिमा गाउँपालिकाका अधिंकाश योजनामा उपभोक्ता समितिको मनपरीले विकासे काम अलपत्र भएको दाबी गरे ।
५८ लाख भुक्तानी गरेको सडक ५ किलोमिटर मात्रै निमार्ण हुनु दुखद पक्ष हो । स्काभेटर लगाएर सडक खन्दा बजेट अपुग भएको बाहाना उपभोक्ता समितिले गरेको उनको भनाई छ । स्थानीयको सहमति बिनै स्काभेटर लगाएर पनि ५८ लाखमा ५ किलोमिटर मात्रै सडक निमार्ण हुनु शंकाको विवषय बनेको अर्का स्थानीय कालि बहादुर रोकायाले बताए । उनले भने, यो उदाहरण भएपनि दियार गाउँको खानेपानी आयोजनामा झण्डै ३ लाख बढि उपभोक्ता समितिले फजुल खर्च गरी निमार्ण अलपत्र भएको सुनाए ।
त्यस्तै, रंगशाला निमार्ण पनि स्थानीयको सहमति बिनै गर्दा अख्तियारमा मुद्धा परेको छ । भने, विकास निमार्णका क्षेत्रमा अनियमितताले सिमा नाघेको उनी रोकाया बताउन्छन् । सार्वजानिक सुनुवाईकै बेला गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा उपभोक्ता समितिका पदाधिकारीका अगाडी प्रत्यक्ष ध्यानकर्षण गराएका थिए । प्राविधि खर्चका नाममा लाखौ खर्च निकाल्ने, विकासे बजेटमा उपभोक्ताको रजाईको परम्परा अन्त्य नभए सम्म दिगो विकास सम्भव नरहेको हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहिले बताए । उनले भने, उपभोक्ता समितिले गरेको अनियमितताका कारण सिंगो गाउँपालिकाको ध्यानर्कषण भएको छ, ५८ लाखमा ५ किमि मात्रै सडक कसरी खनियो, स्मेट अनुसार काम किन भएन, भएको भए, अख्तियारमा मुद्धा किन पर्यो लगायतका विषयमा प्राविधि, तथा उपभोक्ता समितिका अध्यक्ष बाट स्पष्टीकरण माग्ने बताए ।
चित्त बुझ्दो नभए, कानुन अनुसार प्रक्रिया अघि बढाईने प्रतिबद्धता गरे । दिगो विकास र गाउँपालिकाको समृद्धीको लागि सबै कर्मचारी र जनप्रतिनिधि लाई एकढिक्का भएर हिड्न सुझाब दिए । गाउँपालिकामा हुने अनियमितता लाई अन्तयका लागि अभियान चलाउने उनको दाबी छ । हिमा गाउँपालिकाको सार्वजानिक सुनुवाईका अबसरमा त्यहाँका स्थानीयले यसरी गुनासो गरेका थिए । अपेक्षा अनुसार संघियताले फल दिन नसकेको उनीहरुका गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्