पक्की सडक र विद्युत्को पर्खाइमा सप्तमीबासी «

पक्की सडक र विद्युत्को पर्खाइमा सप्तमीबासी

पाँचथर-पाँचथरको दक्षिणी भेगमा इलामको हुस्सु र पाँचथरको हावा सधै लडाइँ गरिरहेको जस्तो दृष्य देख्न सकिने एक स्थान हो सप्तमी बजार । इलाम र पाँचथरको सिमानामा पर्ने यो ग्रामीण बजारमा प्रायः इलामबाट बाक्लो हुस्सु आउने र पाँचथरको हावाले त्यो हुस्सुलाई इलामतर्फ फर्काइ रहने दृष्य दिनै पिच्छे देख्न सकिन्छ ।
सदरमुकाम फिदिमबाट झण्डै १२ कोषको दूरीमा रहेको सप्तमी बजार राँके/रवि सडक खण्डको २१ किमिमा पर्छ । साविक सराङडाँडा ८ मा पर्ने सप्तमी बजार पाँचथर र इलामको सिमानमा अवस्थित छ । पाँचथरको साविक सराङडाँडा र इलामको फुएतप्पाको संगमस्थल सप्तमीबजार हो । सराङडाँडा र फुएतप्पाको ग्रामीण बजारसमेत रहेको यो बजार पाँचथरको एक ऐतिहासिक बजारसमेत हो । रबि, राके सडक खण्डबाट इलामका धेरै गाउँपालिक र पाँचथरका धेरै गाँउपालिका जोडेको हुँदा पाँचथरको दक्षिणी भूभागको मुख्य सडक नै रवि/राँके सडक खण्ड हो । यो बजार क्षेत्रमा नर्थ नेपाल टी स्टेटको धेरै क्षेत्रफलमा चिया बगान विस्तार भएको छ । जुन बगानले धेरै संख्यामा कामदारलाई रोजगार दिएको छ । नर्थ स्टेटको आफ्नै चिया प्रशोधनका लागि कलकारखाना छ ।
भण्डै सदरमुककाम फिदिमसगंै सडक विस्तार भएको सप्तमी बजारमा अहिले हिँउदको समयमा मात्र सवारीसाधन सञ्चालन हुने गर्दछ । पाँचथरका अरु गाउँभन्दा पछि परिसकेको छ । रवि/राँके सडक यही सप्तमी बजार हुँदै पर्यटकीय स्थल धनकुटाको भेडेटारसम्म पुग्छ । रवि–दमक सडक खण्डले पनि सप्तमी बजारलाई जोडेको छ । रतुवाको बगरै बगर छोटो दुरीमा दमक पुग्न सकिने हुँदा सप्तमी बजारको मुख्य बजार नै झापाको दमक हो । सप्तमीबाट लुम्बघाट हुँदै तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार जोङने सडक पनि निर्माण भइरहेको छ । यो सडकले पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने भएको छ ।
सडक सञ्जालले सबै तिर जोडे पनि वर्षामा पूर्णरूपमा यातायात बन्द हुने हँुदा यहाँका नागरिक समस्यामा परेका छन् । राम्रो सडक अभावमा नर्थ स्टेटेको चियाको उत्पादनको बजारसम्म पु¥याउन धेरै समस्या छ । पटकपटक रवि–राँकेको सडक बनाउने प्रयास गरे पनि पक्की सडक नबन्दा यहाँका बासिन्दा बाटो पर्खंदैछन । अहिले भारतीय सरकारको सहयोगमा बहुवर्षीय योजनाअन्तर्गत रवि/राँके सडकखण्डको सडक बन्ने क्रम रहेकाले यहाँका नागरिक चाँडै सडक बन्ने आशामा बसिरहेका छन् ।
सडकमात्र होइन पाँचथरको ऐतिहासिक बजार पनि हो सप्तमी बजार । सप्तमीमात्र होइन पाँचथरको दोस्रो ठुलो बजार रवि पनि अन्धकार छ । बजार आशपासमा ठूलो नदी खोला नभएकाले केन्द्रीय प्रसारण लाइन पर्खनु पर्ने बाध्यता छ । २०८५ सालमा भारतीय सरकारले अनुदानमा दिएका सौर्य ऊर्जाले सप्तमीबजार केही उज्यालो भए पनि प्रायः हुस्सु लागिरहने भएकाले सौर्यऊर्जा प्रभावकारी हुनसकेको छैन । इलाम र पाँचथरको सिमानमा पर्ने यो बजारमा बाक्लो हुस्सुसहित धेरै हावा चल्ने गर्दछ । सौर्यऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा हावाबाट सञ्चालन हुने विद्युत्को निर्माणकार्य धमाधम भइरहेको छ । विद्युत् अभावमा नर्थ नेपाल टि स्टेटले चिया उत्पादनमा समस्या व्यहोर्दै आएको छ । चुनावका बेला राजनीतिक दलको मुख्य एजेन्डा नै सडक र पक्की सडक हुने गरेको स्थानीय बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्