विश्वव्यापी अटो बिक्रीमा टोयोटा तेस्रो «

विश्वव्यापी अटो बिक्रीमा टोयोटा तेस्रो

२०१७ मा भएको विश्वव्यापी अटो बिक्रीमा टोयोटा तेस्रो स्थानमा कायम हुने भएको छ । जर्मनीको फक्सवागन एजी र निसान, मित्सुबिसी मोटर तथा फ्रान्सको रिनाउल्टको संयुक्त गठनबन्धनको बिक्रीपछि टोयोटा तेस्रो स्थानमा पर्ने भएको हो । यो नोभेम्बरसम्मको सुरु ११ महिनाको अवधिमा भएको बिक्री तथ्यांकमा आधारित छ ।
अघिल्लो वर्षको तुलनामा २०१७ को सुरु ११ महिनाको अवधिमा टोयोटाले गरको बिक्रीमा २.८ प्रतिशतको वृद्धि भई ९४ लाख ७४ हजार पुगेको छ । २०१६ मा विश्वकै सर्वाधिक सवारी बिक्री गर्न सफल फक्सवागनको बिक्रीमा पनि सोही अवधिमा ३.९ प्रतिशतको वृद्धि भई ९७ लाख ४३ हजार ४ सय पुगेको छ ।निशान, मित्सुबिसी र रिनाउल्टको गठबन्धनको संयुक्त बिक्री ९६ लाख १ हजार ९ सय १६ पुगेको छ ।चिनियाँ र युरोपेली बजारमा फक्सवागनको बिक्री उत्साहजनक भएको छ । यो अवस्थाले डिसेम्बरमा पनि निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
घरेलु बजारमा टोयोटाको बिक्री राम्रो भएको छ, तर प्रमुख मानिएको अमेरिकी बजारमा अघिल्लो वर्षकै जस्तो भएको छ । अमेरिकी बजारमा ठूला एसयूभी र ट्रकको लोकप्रियताका कारण टोयोटाको सेडान संघर्षरत अवस्थाबाट गुज्रँदै आएको थियो । यसैबीच तेलको मूल्य पनि ६ वर्षकै न्यूनको हाराहारीमा रहँदै आएको छ ।२०१७ का लागि टोयोटा ग्रुपले आफ्नो बिक्री प्रक्षेपणलाई १ लाख २ हजारले बढाएर १ करोड ३ लाख ५४ हजारको कीर्तिमानी संख्यामा पुर्याएको छ । यो २०१६ को दाँजोमा २ प्रतिशतले बढी र २०१४ देखिकै उच्च हो । २०१४ मा टोयोटाले १ करोड २ लाख १ हजार कार बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्