पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स पुरस्कृत

राष्ट्रिय अपांग महासंघ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्सकातर्फबाट महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरिन् ।
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवद्र्धन गर्ने ¥यामप, पदमार्ग, शौचालय, विद्युतीय गाडी तथा व्हील–चियरलगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपांग महासंघले जनाएको छ ।
राष्ट्रिय अपांग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेडलगायत अन्य तीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री थममाया थापाले अपांग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको विश्वास व्यक्त गरे । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेकविक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपांगमैत्री संरचना निर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास व्यक्त गरिन् ।