क्यास्ट्रोलका सेल्फी स्टार विजेता पुरस्कृत «

क्यास्ट्रोलका सेल्फी स्टार विजेता पुरस्कृत

क्यास्ट्रोल लुब्रिकेन्टले आयोजना गरेको सेल्फी कन्टेस्टका विजेताहरूलाई पुरस्कृत गरिएको छ । सो अनुसार क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज बिके भएका छन् । उनीहरूलाई एक कार्यक्रमबीच क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले पुरस्कृत गरे । उनीहरूलाई एक–एकवटा स्मार्टफोन उपहार प्रदान गरिएको छ । किरण नापित पोर्पा अजिमा सर्भिसिङ सेन्टर र सन्तोष मोटर ग्यारेजका सञ्चालक हुन् भने राज बिके राज मोटरसाइकल वक्र्सका सञ्चालक हुन् । क्यास्ट्रोल भेक्टन पहिलो पटक नेपालमा उपलब्ध गराएको अवसरमा क्यास्ट्रोल भेक्टन सेल्फी कन्टेस्ट आयोजना गरिएको थियो । क्यास्ट्रोल भेक्टनको ब्यानरमा आफ्नो तस्बिर खिचेर क्यास्ट्रोल लुब्रिकेन्ट नेपालको आधिकारिक फेसबुक पेजमा ट्याग गरेपछि सबैभन्दा बढी लाइक पाउनेलाई विजयी घोषणा गरिने बताइएको थियो । त्यसैगरी ललितपुरमा कार्यरत दुईपांग्रे सवारी साधनका मेकानिक्सहरूको संस्था श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघले आयोजना गरेको मेकानिक्सहरूका लागि चेतनामूलक कार्यक्रमका अवसरमा क्यास्ट्रोल एक्टिभो स्टार मिडिया क्याम्पेनको आयोजना गरिएको थियो । क्यास्ट्रोल एक्टिभो लुब्रिकेन्टको ब्यानरमा सेल्फी खिचेर क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक फेसबुक पेजमा तस्बिर पोस्ट गर्ने ललितपुरका मेकानिक्सहरूमध्ये सबैभन्दा बढी लाइक पाउनेलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो । क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले सो प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्