निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह «

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह

काठमाडौं-नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भए । शनिबार मध्यरातमा सम्पन्न मतगणनाअनुसार ४ सय ६६ मत हासिल गर्दै सिंह आगामी तीन वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचत भए । सिंहका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३ सय ५३ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा ४ सय ६५ मतसहित निकोलस पाण्डे विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मणकुमार रानाको पक्षमा ४ सय २८ मत खस्यो । महासचिवमा रोशन दाहाल विजयी भए । दाहालले ३ सय ४९ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी हुमनाथ कोइरालाले ३ सय १६ मत हासिल गरे । उपमहासचिवद्धयमा टंकप्रसाद चौलागाईं
(नीतिगत) र नरहरी थपलिया (आन्तरिक) विजय भएका छन् । प्रदेश उपाध्यक्षहरूमा एक नम्बरबाट धिरेन्द्रकुमार दाहाल, दुईबाट सुरेन्द्रप्रसाद सिंह, तीनबाट पेम्बालामा शेर्पा, चारबाट राजेन्द्र पहारी, पाँचबाट टोपबहादुर रायमाझी, छबाट रत्नबहादुर खड्का तथा सातबाट टेकबहादुर सेठ्ठी (निर्विरोध) निर्वाचित भए । कोषाध्यक्षमा ४ सय ७० मतसहित हिरणकुमार श्रेष्ठ विजयी हुँदा उनका प्रतिद्वन्द्वी गौरीप्रसाद उप्रेतीले ३ सय १७ मत प्राप्त गरे । सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भए । खुल्ला पाँचजना केन्द्रीय सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार रेग्मी, इन्जिनियर भीमबहादुर पाल र डाक्टर सूर्यबहादुर खड्काले जीत हासिल गरे ।
खुल्ला सदस्यतर्फ प्रदेश एकबाट सुमन्त कोइराला तथा प्रदेश सदस्यमा यज्ञप्रसाद खतिवडा विजयी भए । प्रदेश २ मा खुलातर्फ संजयकुमार गुप्ता निर्विरोध हुँदा प्रदेश सदस्यमाशम्भु ठाकुर विजयी भए । प्रदेश ३ मा खुलातर्फ होमकुमार आचार्य तथा प्रदेश सदस्यमा पञ्चराम तामाङले जित हासिल गरे । प्रदेश ४ मा खुल्ला सदस्यमा उत्तम भट्टले जित हासिल गर्दा प्रदेश सदस्यमा खिमप्रसाद मल्ल निर्विरोध भए । त्यस्तै प्रदेश ५ मा खुल्लामा बालाजु श्रेष्ठ तथा प्रदेश सदस्यमा मेघजंग शाह निर्विरोध भए । प्रदेश ६ मा चन्द्रप्रकाश थकालीले खुला सदस्यमा जित हासिल गर्दा प्रदेश सदस्यमा सुरतजंग मल्ल निर्विरोध भए । प्रदेश ७ मा वीरबहादुर साउद खुलामा विजयी हुँदा प्रदेश सदस्यमा हरिप्रसाद भट्ट निर्विरोध भए । एसोसिएटतर्फ खुला चार सदस्यमा रामजी पन्त, शिवहरि घिमिरे, उज्वल गौतम र विकास मल्ल विजयी भए । खुला चार महिला सदस्यमा मोहनकुमारी कालीकोटे, मनिकला रानामगर, बबिता कटुवाल र ताराकुमारी शाह सबै निर्विरोध भएका छन् ।
तराई मधेशबाट सदस्यमा सन्तोष शाह, जनजातिबाट दावा पेम्बा तामाङ, पिछडिएको क्षेत्रबाट मंगलबहादुर शाही र वस्तुगत संघतर्फबाट तेजबहादुर राई निर्विरोध भए । कुल ५५ सदस्यीय कार्य समितिमध्ये ४६ पदमा निर्वाचन सम्पन्न भएको हो भने अबबाँकी सदस्यहरू नयाँ कार्यसमितिले मनोनयन गर्ने महासंघले जनाएको छ । निर्वाचनमा ९ सय ३५ मध्ये ९ सय ८ जना प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । महासंघको २० औं साधारणसभा तथा निर्वाचन कार्यक्रममा प्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २ हजारभन्दा बढी व्यवसायीको सहभागिता थियो ।
यसैबीच महासंघको नयाँ कार्यसमितिको पदभार तथा शपथ ग्रहण कार्यक्रम आइतबार राजधानीमा सम्पन्न भएको छ । महासंघका कानुनी सल्लाहकार बाबुराम दाहालले नयाँकार्य समितिका अध्यक्ष रवि सिंहलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएपछि सिंहले अन्य पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए । कार्यक्रममा महासंघका मानार्थ सदस्य जिप छिरिङ लामा शेर्पा, पूर्वमन्त्री विक्रम पाण्डे, पूर्वराज्यमन्त्री इन्द्र बाँनिया, महासंघका सल्लाहकार रमेश शर्मालगायतले नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै सफल कार्यकालका लागि शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्