Logo

विद्युत् हबमै विद्युत् अनियमित

पाँचथर-पाँचथर जिल्ला विद्युत् उत्पादनको हबको रूपमा विकास भए पनि सदरमुकाम फिदिममै विद्युत् अनियमिता भएको छ । बिजुली झ्याप आउने जाने र लगातार ४ दिनसम्म विद्युत् नआउँदा सदरमुकाम फिदिमका उपभोक्ता पीडित भएका छन् ।
नेपाल सरकार अन्तर्गत विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र र वितरणको जिम्मा पाएको फिदिम विद्युत् सहकारी संस्थाबीचको निरन्तर हानथापका कारण पाँचथरका उपभोक्ता समस्यामा परेका छन् ।
फिदिमसहित जिल्लाका विभिन्न स्थानमा वितरणको जिम्मा पाएको सहकारीले आफ्नो काम फिदिममा आएको बिजुलीलाई उपभोक्ताका घरसम्म पुराउने गर्दछ । प्राधिकरणको वितरण केन्द्रले फिदिमसम्म विद्युत् ल्याउने जिम्मेवारीमात्रै आफ्नो भएको बताउने गरेको छ । दुई संस्थाको तालमेल नमिल्दा पाँचथरमा केन्द्रीय प्रसारण विद्युत् उपभोग गर्ने करिब ३ हजार उपभोक्ता समस्यामा परेका छन् ।
पाँचथरमा घोषित रूपमा लोडसेडिङ छैन । तर दैनिक घन्टौ यहाँका नागरिक विद्युत्विहीन भएको निकै भयो । कहिले फिदिमस्थित वितरणको जिम्मा पाएको निकायको कमजोरीका कारण विद्युत् आयात हुँदैन त कहिले फिदिमसम्म विद्युत् निगरानी गरिरहेको निकायको कमजोरीका कारण त्यस्तो हुने गरेको छ ।
उपभोक्तासँग सम्पर्कमा हुँदा पनि दुवै संस्थाले कहिलै पनि उपभोक्तामैत्री ब्यवहार नगर्ने गरेको उपभोक्ताको आरोप छ । वर्षात्को समय सुरु भएपछि बढी मात्रामा यस्तो समस्या देखिन्छ । उपभोक्ता भन्छन्, “प्राविधिक समस्या हुनु छुट्टै विषय हो । यहाँ नियतवश विद्युत् वितरणमा हेलचत्र्m्याइँ हुने गरेको छ । सामान्य समस्यामा पनि उपभोक्ताले घण्टौ कुर्नु पर्दा जिल्ला सदरमुकामसहितका क्षेत्रमा सञ्चालनमा रहेका विद्युत् आवश्यक व्यापार व्यवसाय बन्द हुने अवस्थामा छन् ।
फिदिममा भर्खरै स्थापना भएको विद्युत् प्राधिकरणको वितरण केन्द्रले पनि समस्या समाधानमा चासो दिएको देखिँदैन । फिदिमका कम्प्युटर ब्यवसायी योगराज सेडाईंले भने, “केन्द्रले पनि यसको समाधानका लागि पहल गर्नु पर्यो । हालसम्म कागजी काममात्रै भए, अब देखिने गरी परिवर्तन आउनु पर्यो । तत्कालको समस्या समाधान हुने भए पनि दीर्र्र्घकालीन समाधानका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर मात्रै केही भन्न सकिने केन्द्रका प्रमुख सुरेशप्रसाद सिंले बताए । म पनि नयाँ हो ।
सदरमुकामसहितका क्षेत्रमा केन्द्रीय प्रसारणको विद्युत् वितरणको जिम्मा पाएको सहकारीले एक महिनामा दुई लाख ५० हजारभन्दा बढी रकम विद्युत् वितरण भएका क्षेत्रमा मर्मतका लागि खर्च गर्ने गर्छ । तर उपभोक्तालाई सहज उपभोग गर्न सक्ने अवस्था छैन । हामीले एक महिनामा करिब २ लाख ५० हजार रकम मर्मतका लागि खर्च गर्छौं सहकारी प्रमुख रामचन्द्र खत्रीले भने, “विद्युत् अवरुद्ध भएको ठाउँमा जाने आउने, खाने बस्नेमा धेरै खर्च आउने गरेको छ । अरु खर्च बिग्रिएका सामान खरिदमा हुने गर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्