स्थानीय तहको संरचना «

स्थानीय तहको संरचना

नेपाल सरकारले जम्मा ७५३ वटा स्थानीय तहको संरचना कायम गरेको छ । जसमा ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका कायम भएका छन् । सबैभन्दा बढी काठमाडौं जिल्लामा एउटा महानगरसहित ११ वटा नगरपालिका र चितवन तथा कञ्चनपुर जिल्लामा ८-८ वटा नगरपालिकाहरु रहेका छन् । गापालिकाहरूको कुल वार्षिक बजेट ८ अर्ब ५ करोड १८ लाख २७ हजारमध्ये ८ अर्ब १ करोड ४७ लाख खर्च भएको छ । जिल्ला विकास समितिहरूको नियमित निःसर्त वा सशर्त चालु र पुँजीगत अनुदान साथै विभिन्न कार्यक्रमगत सशर्त र निःशर्त चालू तथा पुँजीगत वार्षिक बजेट २७ अर्ब १८ करोड ५७ लाख ७८ हजारमध्ये २३ अर्ब ३३ करोड ३२ लाख ७१ हजार खर्च भएको छ । नगरपालिकाहरूको कुल बार्षिक बजेट १२ अर्ब ६ करोड ४३ लाख ५९ हजार मध्ये १० अर्ब४५ करोड १३ लाख ९४ हजार खर्च भएको छ । तीनवटै थानीय तहको कुल बार्षिक बजेट ४७ अर्ब ३० करोड १९ लाख ६४ हजार बार्षिक बजेटमध्ये ४१ अर्ब ७९ करोड ९३ लाख ६५ हजार खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्