Logo

साताभर नेप्से १७ अंकले बढ्यो

काठमाडौं यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८४८३ कारोबारबाट एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६६.६३ प्रतिशत कम हो । गत साता १८२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४७०७१ कारोबारबाट चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.१४ अंकले बढेर अन्तिम दिन १३६६.१५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.३३ अंकले बढेर २८८.२९ अंकमा आईपुगेको छ ।काठमाडौं यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८४८३ कारोबारबाट एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६६.६३ प्रतिशत कम हो । गत साता १८२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४७०७१ कारोबारबाट चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.१४ अंकले बढेर अन्तिम दिन १३६६.१५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.३३ अंकले बढेर २८८.२९ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (आठ करोड ५९ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ४२ हजार कित्ता) को आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१६३० वटा) को आधारमा स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तिन दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्