कोभिडसँगै बाँच्न सिकौं

एसियाको समाजमा व्यक्ति र समुदायको जुन सन्तुलन छ त्यो उदारवादमा आधारित पश्चिमी प्रजातान्त्रिक मुलुकहरूमा पाइँदैन । |
अहिलेसम्मको जुनसुकै महामारी पनि उपचारात्मक उपायभन्दा प्रवद्र्धनात्मक उपायको माध्यमबाट रोकथाम भएको परिप्रेक्ष्यमा कोभिड–१९ सँग पनि यसलाई परास्त गर्ने होइन कि योसँगै बाँचौं भन्ने नारासहित आगामी दिनहरूमा अगाडि बढ्नुपर्ने देखिन्छ ।
विश्वमा अहिलेसम्म भएको प्रगतिलाई आधार मान्ने हो भने अहिलेसम्म विश्वमा देखा परेका महामारीहरूमध्ये अहिलेको कोरोना संक्रमणलाई सबैभन्दा ठूलो महामारीका रूपमा लिनुपर्ने हुन्छ, किनभने यसले संसारका प्रायः सबै देशहरूलाई एकातिर प्रभाव पारेको छ भने अर्कातिर मानिसहरूको व्यक्तिगत जीवनका सबै पक्षहरू यसबाट प्रभावित भएको पाइन्छ । मानिसहरूको आहारविहार र सोचमा मात्र होइन कि हाम्रो धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्ने भएको छ । विश्व राजनीतिको स्वरूपमात्र नभएर यसले नयाँ अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थासमेत स्थापना गर्ने हुन् कि भन्ने शंकासमेत उब्जिन थालेको छ । विश्वले यो भाइरससँग अहिले मात्र होइन कि भविष्यमा पनि सजग भइरहनुपर्ने भएको छ । एकातिर भ्याक्सिनको आविष्कार भई कार्यान्वयनमा आउन अझै एक वर्ष लाग्ने, भाइरस सधैं हाम्रो वरपर नै रहिरहने र अर्कातिर मौसममा परिवर्तन भएपछि र साइलेन्ट कोरोना क्यारियरबाट यसलाई फैलाएर दोस्रो लहरको अर्को महामारी आउने हो कि भन्ने डर रहेको छ । स्वास्थ्य, मास्क, दूरी कायम र वृद्धवृद्धालाई बढी हेरचाह नै यो रोगको संक्रमण कम गर्ने उपायहरूका रूपमा लिन सकिन्छ । अहिलेसम्मको जुनसुकै महामारी पनि उपचारात्मक उपायभन्दा पनि प्रवद्र्धनात्मक उपायको माध्यमबाट रोकथाम भएको परिप्रेक्ष्यमा कोभिड–१९ सँग पनि यसलाई परास्त गर्ने होइन कि योसँगै बाँचौं भन्ने नारासहित आगामी दिनहरूमा अगाडि बढ्नुपर्ने देखिन्छ । विश्वका अधिकांश देशले आफ्नो लकडाउनलाई खुकुलो बनाउने कार्यमा यही रणनीतिलाई अगाडि बढाएको पाइन्छ ।
यो भाइरसले आक्रमण गरिसकेपछि यसको जति घातक परिणाम निस्कन्छ त्यत्तिकै रक्षात्मक उपाय पनि त्यति गाह्रो भएको देखिँदैन । प्रवद्र्धनात्मक उपायका रूपमा कम्तीमा ६ फिटको दूरी कायम गर्ने, बाहिर जाँदा मास्क लगाउने र समय–समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउने जस्ता उपायहरू नै यो भाइरसबाट बच्ने उपायहरू हुन् । यिनै तीनवटा उपायलाई देशहरूले लकडाउन खोल्दा सरकारहरूले जारी गरेका निर्देशिकाहरूमा विभिन्न रूपमा उल्लेख गरेको पाइन्छ । युरोप, अमेरिका र चीनको समेत यो रोगका कारण मृत्यु हुने मानिसहरूको उमेर समूह विश्लेषण गर्दा ६० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरू बढी प्रभावित भएका छन् । यही कारणले गर्दा भारतले पहिलो चरणको लकडाउन खुकुलो बनाउँदा माथि भनिएका तीनवटा उपायहरूका अतिरिक्त ५२ वर्षभन्दा बढी उमेर समूहका प्रहरी र कर्मचारीहरूलाई लकडाउन खुले तापनि प्रहरी र सरकारी कर्मचारीहरू कार्यालयमा आई काम गर्नु नपर्ने प्रावधान आफ्नो निर्देशिकामा उल्लेख गरेको पाइन्छ । पाँच वर्षमुनिका बच्चा भएका स्वास्नीमानिसले काममा आउनु नपर्ने, १० जनाभन्दा बढी मानिसको सभा–बैठक नगर्ने, एकैपल्ट खाजा खाने व्यवस्था नगर्ने, सरकारको कोरोनासम्बन्धी आरोग्य एप्स अनिवार्य डाउनलोड गर्ने र कोभिड अस्पतालको सूची सधैँ सँगै हुनुपर्ने जस्ता प्रावधानहरू भारतले अपनाएको देखिन्छ । सार्वजनिक यातायात, मन्दिरमा पूजाआजा र बजारमा पनि माथि उल्लिखित उपायहरू अपनाइएको छ ।
यो रोगको संक्रमण भइहाले उपचारात्मक उपाय अपनाएर बच्न सकिने उदाहरणहरू पनि धेरै देशले पेश गरिसकेको छ । अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्पेन र ब्राजिलजस्ता देशहरू यो रोगको संक्रमणबाट आक्रान्त भएका छन् भने चीन, जापान, दक्षिण कोरिया, सिंगापुर भियतनाम, जर्मनी आदि देशहरूले यसको उपचारात्मक पद्धतिमा गरेको सुधारका कारणले मृत्युदर घटाउन धेरै सफलता प्राप्त गरेका छन् । न्युजिल्यान्ड र चीनजस्ता देशहरूले यो रोगविरुद्ध आफ्नो जित भएको उद्घोष नै गरिसके । परीक्षणको दायरा बढाएर, एप्स प्रयोग गरेर संक्रमित मानिसहरूको निरन्तर अनुगमन गरेर कन्ट्याक्ट टे«सिड गरेर कार्यस्थललाई व्यापक रूपमा स्यानिटाइजेसन गरेर र माथि भनिएका तीनवटा उपायहरू अनिवार्य रूपमा र कडाइका साथ लागू गरेर उनीहरूले सफलता प्राप्त गरेका हुन् । योभन्दा पनि सन् १९९० को दशकतिर आएको उदारीकरण नीति अपनाई राज्यको दायित्वमा यी असफल देशहरूले मूल्यांकन गरी राज्यको दायित्वको पुनः परिभाषित गरी अगाडि बढेको पाइएन । अर्को शब्दमा भन्नुपर्दा यी देशहरू आउटसोर्सिडमा धेरै भर परे । अमेरिका र बेलायतजस्ता देशहरूले यो संक्रमणसँग जुध्न आवश्यक सामग्रीहरूको अभावको समस्या भोग्नु यसैको परिणाम हो । समयमै लकडाउन गरेर त्यो लकडाउनमा संक्रमण फैलिन नदिएर र स्वास्थ्यका आधारशिलाहरू निर्माण गरेर (पर्याप्त मात्रामा क्वारेन्टाइन स्थल निर्माण, स्वास्थ्य सामग्रीदेखि औषधिहरूको आपूर्ति व्यवस्था गरेर यी देशहरूले यो संक्रमणबाट कमभन्दा कम मानिसहरूको ज्यान जाने व्यवस्था गरेका हुन् । भियतनामले गरेको कार्य उदाहरणीय देखिन्छ । सुरुमै वृहद् स्तरको क्वारेन्टइनको व्यवस्था, कम लागतको टेस्टिड किट एकट्ठा गरेर सरकारी क्षेत्रबाट अनुसन्धान र विकासका कार्य गर्न लगाएर देशका बौद्धिक वर्ग, सेना, नागरिक समाज र निजी क्षेत्रको परिचालन गरेर यो संक्रमण रोक्न जुन सफलता प्राप्त गरेको छ, त्यो विश्वका लागि उदाहरणीय छ ।
अविकसित देशहरूमा भएको अव्यवस्थित बस्ती खास गरेर सहरी क्षेत्रका स्लम एरिया, अझै पनि मानिसहरूले खुला क्षेत्रमा शौच गर्नुपर्ने बाध्यता, जहाँसुकै थुक्ने बानी आदि कारणले गर्दा यी क्षेत्रहरूमा माथिका उपायहरू अपनाएपछि कोरोना भाइरस नियन्त्रणको समस्या भएको देखिन्छ । फ्रान्सका एक जना व्यवस्थापन विशेषज्ञ डोमिनिक मौइसीले युरोप, अमेरिकामा भन्दा एसियामा यो संक्रमण रोक्न सजिलो हुने कुरा उल्लेख गरेका छन् । पाश्चात्य मुलुकभन्दा एसियाका देशहरूमा त्यहाँको सांस्कृतिक मान्यताका कारणले गर्दा यो भाइरससँग जुध्न सजिलो हुने विचार व्यक्त गरेका छन् । किनभने एसियाको समाजमा व्यक्ति र समुदायको जुन सन्तुलन छ त्यो उदारवादमा आधारित पश्चिमी प्रजातान्त्रिक मुलुकहरूमा पाइँदैन । उसको विचारमा अहिले पनि पश्चिममा भन्दा एसियामा बढी मानिसहरूले मास्क लाएर हिँडेका छन्, किनभने एसियामा मास्क बढी भएर होइन कि हाम्रो मूल्य र मान्यताले अरूको स्वास्थ्यका बारेमा पनि सोच्ने संस्कृति हामीमा छ । यसले गर्दा व्यापक रूपमा स्वास्थ्य शिक्षाको माध्यमबाट चेतना जगाउन सरकारी–गैरसरकारी संस्थाहरू, नागरिक समाज र आमनागरिक लागेमा यो संक्रमणलाई हामी सजिलैसँग रोक्न सक्छौं । यसरी नै हामी अरू भाइरसलाई जस्तै कोभिडलाई पनि व्यवहार गर्न सक्छौं ।
यही परिप्रेक्ष्यमा हामीले गरेका लकडाउन र कार्यहरूको पनि वस्तुगत समीक्षा गर्ने हो कि ?