Logo

नेप्लाईद्वारा राहत वितरण

नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोना भाइरसका कारण भएको लकडाउनले प्रभावित कारपेन्टर मजदुरलाई विभिन्न स्थानमा राहात वितरण गर्दै आउने क्रममा विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाडौंका विभिन्न स्थानमा राहत वितरण गरेको छ ।
नेप्लाईले वडा कार्यालय र प्रहरीको सहकार्यमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौंको बसुन्धारामा राहत वितरण गरेको भन्दै कम्पनीले भगवती लेमिनेट्सका कन्ट्री हेड विकास सिंहले राहत सामग्री वितरण गरेका जनाएको छ ।
नेप्लाइको साझेदारी समृद्घि २०२० अन्तर्गत सामाजिक तथा उत्तरदायित्व अन्र्तगत राहत वितरण गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्