डाबरको स्यानिटाइजर बजारमा

डाबरले अल्कोहल मिश्रित स्यानिटाइजर बजारमा उपलब्ध गराएको छ । कम्पनीले ‘डाबर इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर’ नाम गरेको उत्पादन बजारमा ल्याएको हो ।
सो स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल छ । प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र ई–कमर्स साइटमा यो उपलब्ध हुनेछ । डाबरको १ सय ५० मिलिलिटर परिमाण भएको स्यानिटाइजरको बजार मूल्य १ सय ७५ रुपैयाँ तोकिएको छ ।