Logo

सम्झौताभन्दा एक वर्षअघि नै पुल निर्माण

बागलुङ र पर्वत जोड्नेगरी बन्न लागेको एसियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको हो ।बागलुङ र पर्वत जोड्नेगरी बन्न लागेको एसियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको हो ।गत चैत्रबाट निर्माणकार्य सुरु भएको पुल वर्षदिनको अवधिभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत निर्माणाधिन पुल निर्माणको काम हिमशिखर कन्स्ट्रक्सनले गरिरहेको छ । ७ करोड ९७ लाखमा निर्माण सम्झौता भएको पुल साझौता आधि भन्दा एक वर्ष पहिले नै निर्माण कार्य सम्पन्न हुने सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाँले बताए । “हामीले कामलाई गुणस्तरिय र छिटो गर्ने प्रयत्न गरेका छौं” इन्जिनियर बानियाँले भने, “पुलको ९० प्रतिशत भन्दा बढी काम सकिएको छ ।” २०७७ को चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएपनि यही चैत्रभित्रै पुल सञ्चालनमा ल्याउने गरी काम गरिरहेको निर्माण कम्पनीले बताएको छ ।     कालिगण्डकी नदीमाथी निर्माणाधिन उक्त पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो बन्ने छ । पुल नेपालकै लागि नयाँ प्रयोग भएको इन्जिनियर बानियाँले बताए । “बागलुङले पुल निर्माणमा प्रयोगको नयाँ अवसर पाएको छ” बानियाँले भने, “हामीले आफ्नौ प्रविधिले ३ सय ६५ मिटर लामा सम्म पुल बनाए पनि यो भने नयाँ प्रयोग हो ।” झोलुङ्गे पुलको जिल्लाकै रुपमा परिचित बागलुङमा मुलुककै लामो झोलुङ्ले पुल निर्माण हुनु नयाँ संयोग भएको उनको भनाइ छ । मुलुकमै पहिलो पटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भएपनि दक्ष प्राविधिकहरु भएकाले गुणस्तरीय काम भएकोे उनले बताए ।
दुई दशक अघिदेखि चर्चामा रहेको उक्त पुल लठ्ठा तान्ने मेसिन र बजेटको समस्या हुँदा काम अगाडी बढ्न सकेको थिएन । यस वर्ष नेपाल सरकारले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि काम अगाडी बढेको हो । दुई जिल्ला जोड्ने पुल निर्माण भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिक स्तर उकास्नका लागि पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल सरकारले तय गरको नेपाल भ्रमण वर्ष  २०२० को लक्ष्य हासिल गर्न पुल सहयोगी बन्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्ने गरी पुल निर्माण गरिएको पौडेलले बताए । बारम्बारको प्रयासपछि पुल निर्माणको कामले मुर्तरुप लिनुले बागलुङको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।  कुश्मा नगरपालिका–१ का वडा अध्यक्ष देवेन्द्र सुवेदीले कृषि उपज ल्याउन तथा पर्यटनको क्षेत्रको विकासमा यसले महत्वपूर्ण फाइदा पुग्ने बताए । पाङको अदुवाबारी जोड्ने पुल सम्म सामान पु¥याउनका लागि करिब एक सय मिटर बाटो बनाउन यस वर्ष वडा कार्यालयले डेढ लाख रुपैयाँ बजेट बिनियोजन गरेको बताए । बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्ग मार्फत डेढ घण्टा लाग्ने भएपनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ । कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोर माथि पुल बन्ने भएकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ ।

त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्