सिप्ला सेक्युरिटीजको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं– रसुवाको धुन्चेमा सिप्ला सेक्युरिटीज प्रालिले लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, साना उद्योगको परियोजना तथा पर्यटन विकास सम्बन्धि जानकारी गराउनुका साथै विभिन्न विद्यालयलाई खेल सामग्री, स्वास्थ्य चौकीलाई सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरिएको थियो ।
यस्तै कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्न आवश्यक रहेको र अन्य पालिकामा पनि सञ्चालन गर्नुपर्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । सिप्ला सेक्युरिटीजका सीओओ राउल अग्रवाललगायत विभिन्न कर्मचारी र जनप्रतिनिधलगायत जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधि उपस्थित थिए । कार्यक्रमको आयोजक सिप्ला सेक्युरिटीज गरेको छ ।