Logo

बैंकर्स संघ र इआइएनबीच सम्झौता

नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (इआइएन) बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र आइआइएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनास्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्टको वातावरणीय, सामाजिक र सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ ।

कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा इएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास संघले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्